काठमाडौं। सिंगापुरका इमरान ख्वाजा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अन्तरिम अध्यक्षका रूपमा नियुक्त भएका छन्।
भारतका शशांक मनोहरले हिजो अध्यक्ष पदबाट राजीनामा दिएपछि ख्वाजाले अर्को अध्यक्ष चयन नहुँदासम्मका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने आईसीसीले जनाएको छ।
सिंगापुर क्रिकेट संघका पूर्वअध्यक्ष ख्वाजा यसअघि आईसीसीको उपाध्यक्ष थिए। मनोहरले आफ्नो दुई वर्षे कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका हुन्।
आईसीसीमा तीन कार्यकाल अध्यक्ष हुन पाउने व्यवस्था भएपनि मनोहरले दुई वर्षको कार्यकाल सकेर राजीनामा दिएका हुन्।
“आईसीसी बोर्डले अर्को सातासम्म नयाँ अध्यक्ष चुन्ने प्रकृया थाल्नेछ,” आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलाउने क्रममा अन्तरिम अध्यक्ष ख्वाजा पटक-पटक नेपाल आएका थिए। उनकै नेतृत्वमा आईसीसीले क्यानको विवाद टुंगाएको थियो।
क्यानमा अहिले नयाँ विधानअनुसार चुनाव भएर नयाँ कार्यसमिति निर्वाचित भइसकेको छ। यससँगै आईसीसीले क्यानको निलम्बन फुकुवा गरिसकेको छ।
" /> काठमाडौं। सिंगापुरका इमरान ख्वाजा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अन्तरिम अध्यक्षका रूपमा नियुक्त भएका छन्।भारतका शशांक मनोहरले हिजो अध्यक्ष पदबाट राजीनामा दिएपछि ख्वाजाले अर्को अध्यक्ष चयन नहुँदासम्मका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने आईसीसीले जनाएको छ।

">