काठमाडौं। विश्व खेलकुद पत्रकार दिवसको दिन आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।
१९२४ को पेरिस ओलम्पिक हुँदा २ जुलाईमा इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएशन स्थापना भएको थियो।
सोही दिनको अवसर पारेर एसोसिएशन स्थापनाको अवसरलाई विश्व खेलकुद पत्रकार दिवसका रूपमा मनाइँदै आएको छ।
नेपालमा खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले २ जुलाईमा एनएसजेफ पल्सर स्पोर्टस अवार्डका साथै अन्य विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको थियो।
कोभिड-१९ महामारीका कारण यसपटक स्पोर्टस अवार्ड हुन नसके पनि मञ्चले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ।
‘नेपाली खेलकुद पत्रकारितामा कोभिड-१९ को असर’ विषयक अन्तक्रियामा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट वक्ता रहेका छन्।
" /> काठमाडौं। विश्व खेलकुद पत्रकार दिवसको दिन आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।१९२४ को पेरिस ओलम्पिक हुँदा २ जुलाईमा इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएशन स्थापना भएको थियो।

">