काठमाडौं। एलेक्सिस सान्चेजको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा रेलिगेशनको टीम ब्रेसियालाई ६-० ले पराजित गरेको छ।
सान्चेले दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए भने एक गोल आफैले गरेका थिए। इन्टरले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो।
सान्चेजको पासमा एश्ले योङले गरेको गोलमा इन्टरले पाँचौं मिनेटमै अग्रता लिएको थियो। २०औं मिनेटमा सान्चेजले पेनाल्टीले गोल गरे। योङको पासमा ड्यानिलो डी’ एम्ब्रोसियोले ४५औं मिनेटमा तेस्रो गोल गरे।
५२औं मिनेटमा सान्चेजको पासमा रोबर्टो गाग्लियार्दिनीले अर्को गोल थपे। ८३औं मिनेटमा क्रिष्टियन इरिक्सनले गोल गरे भने खेल सकिन दुई मिनेट बाँकी रहँदा इरिक्सनकै पासमा एन्टोनियो कान्ड्रेभाले अर्को गोल गरे।
जितसँगै इन्टर २९ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानको एटलान्टाभन्दा सात अंकले माथि हो भने दोस्रो स्थानको लाजियोभन्दा चार अंकले पछाडी हो। एक खेल कम खेलेको एटलान्टाले आज राति नेपोलीविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। एलेक्सिस सान्चेजको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा रेलिगेशनको टीम ब्रेसियालाई ६-० ले पराजित गरेको छ।सान्चेले दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए भने एक गोल आफैले गरेका थिए। इन्टरले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो।

">