काठमाडाैं। रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोली स्पेनिस ला लिगाको शीर्ष स्थानमा आए पनि अझैसम्म केही जितिनसकेको भन्दै खेलाडीहरूलाई सचेत बनाएका छन्।
कोरोना भाइरसको महामारीका कारण तीन महिनाको स्थगनपछि स्पेनमा लिग शुरू भएयता रियालले पाँच खेलमा लगातार जित हासिल गरिसकेको छ। साविक विजेता बार्सिलोनाभन्दा एक खेल कम खेल्नाका बाबजुद जिदानको रियाल एक अंकको अग्रतासहित शीर्ष स्थानमा छ।
बिहीबार गेटाफेलाई घरेलु सान्टियागो बेर्नाबेउ मैदानमा निम्त्याउँदा जित हासिल गरे रियालले पाँच खेल बाँकी रहँदा उपाधिको मुख्य प्रतिद्वन्द्वी बार्सिलोनालाई चार अंकले पछि छोड्ने छ।
“हामीले अहिलेसम्म केही जितिसकेका छैनौं। हामीले अझै सिजनका ६ खेल खेल्न बाँकी छ। त्यो भनेको १८ अंकको खेल हो,” जिदानले भने, “गणितीय हिसाबमै च्याम्पियन बन्ने पक्का नभएसम्म हामीले मेहनत जारी राख्नुपर्छ। प्रत्येक खेलमा ३ अंकका लागि खेल्नुपर्छ।”
खेलाडीका रूपमा आफूले यस्तो परिस्थितिको थुप्रैपटक अनुभव गरेको स्मरण गर्दै जिदानले गम्भीर भएर खेलप्रति एकाग्र हुन खेलाडीहरूलाई आह्वान गरे।
" /> काठमाडाैं। रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोली स्पेनिस ला लिगाको शीर्ष स्थानमा आए पनि अझैसम्म केही जितिनसकेको भन्दै खेलाडीहरूलाई सचेत बनाएका छन्।कोरोना भाइरसको महामारीका कारण तीन महिनाको स्थगनपछि स्पेनमा लिग शुरू भएयता रियालले पाँच खेलमा लगातार जित हासिल गरिसकेको छ। साविक विजेता बार्सिलोनाभन्दा एक खेल कम खेल्नाका बाबजुद जिदानको रियाल एक अंकको अग्रतासहित शीर्ष स्थानमा छ।

">