एमसीसीको १७ सदस्यीय टोली काठमाडौंमा

काठमाडौं। एमसीसी लेगेसी टूरअन्तर्गत बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) काठमाडौं आइपुगेको छ।

जिम्मी एडम्सको कप्तानीमा रहेको एमसीसी नेपालमा ६ खेल खेल्नेछ।

एमसीसीको टोलीमा १३ जना खेलाडी र ४ जना अफिसियल गरी जम्मा १७ जना छन्।

जसमा नेपालको राष्ट्रिय टीमसँग एउटा तीनदिवसीय खेलसमेत खेलिनेछ। यस खेलले फस्ट क्लासको मान्यतासमेत पाउनेछ।

नेपालमा विभिन्न टीमसँग खेल्नका लागि एमसीसीले अनुभवी १३ सदस्यीय टोली घोषणा गरिसकेको छ।

जसमा टेष्ट र फस्ट क्लास क्रिकेट खेलेका खेलाडीसँगै युवा खेलाडी छन्।

भाेली नेपाल यू-१९ टीम र एमसीसीबीच टीयू अन्तर्राष्ट्रिय मैदानमा पहिलाे खेल हुनेछ।

एमसीसीसँग खेल्नको लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालको तीन छुट्टाछुट्टै टोली घोषणा भईसकेको छ।

पढ्नुहोस्:

एमसीसीसँगको खेलका लागि ज्ञानेन्द्रको कप्तानीमा तीन छुट्टाछुट्टै टीम घोषणा, पारसले वानडे मात्र खेल्ने

ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल विश्व प्रसिद्ध क्लब एमसीसीसँग

प्रतिक्रिया दिनुहोस्