काठमाडौं। जर्मनीका विंगर लेरोए सानेलाई बेच्न प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी तयार भएको छ। साने जर्मन क्लब बायर्न म्युनिख जान लागेका हुन्।
समाचार एजेन्सी एपीका अनुसार बायर्नले सानेका लागि सिटीलाई शुरूमा ४ करोड ९० लाख युरो बुझाउनेछ। त्यसपछि सानेले बुन्डेसलिगा विजेता बायर्नमा हासिल गर्ने सफलाअनुसार एक करोड १० लाख थप रकम सिटीले पाउने सम्झौतामा संलग्न एजेन्टले बताए। तथापि, सम्झौताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
२४ वर्षीय साने २०१६ मा साल्केबाट सिटीमा अनुबन्ध भएका थिए। सिटीसँग उनको सम्झौता एक वर्षका लागि मात्र बाँकी थियो। घुँडाको लिगामेन्टमा चोट लागेका कारण साने अर्को सातामा मैदानमा फर्किनेछन्।
सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले गत साता नै सानेलाई बेच्ने संकेत दिएका थिए। उनले ‘लेफ्न विंग्स’मा प्रतिस्थापनका गर्नका लागि खेलाडीले सम्झौता गर्ने हतार नभएको बताएका थिए। सानेले नयाँ सम्झौता गर्न नचाहेको पनि ग्वार्डिओलाले बताएका थिए।
पछिल्लो समय साने चोटका कारण धेरै समय मैदान बाहिर रहेका थिए। उनले सिटीबाट १९२ खेलमा ५२ गोल गरेका थिए।
" /> काठमाडौं। जर्मनीका विंगर लेरोए सानेलाई बेच्न प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी तयार भएको छ। साने जर्मन क्लब बायर्न म्युनिख जान लागेका हुन्।समाचार एजेन्सी एपीका अनुसार बायर्नले सानेका लागि सिटीलाई शुरूमा ४ करोड ९० लाख युरो बुझाउनेछ। त्यसपछि सानेले बुन्डेसलिगा विजेता बायर्नमा हासिल गर्ने सफलाअनुसार एक करोड १० लाख थप रकम सिटीले पाउने सम्झौतामा संलग्न एजेन्टले बताए। तथापि, सम्झौताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

">