काठमाडौं। दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना गएराति स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग २-२ बराबरीमा रोकिएको छ।
बराबरीपछि साविक विजेता बासिलोनाको उपाधि होड कमजोर बन्दै गएको छ।
बार्सिलोनाले घरेलु मैदानमा डिएगो कोष्टाको आत्मघाती गोलबाट ११औं मिनेटमा अग्रता लिएको थियो। १९औं मिनेटमा साउल निगुएजले पेनाल्टीमा बराबरी गोल फर्काए।
अर्टुरो भिडालले यानिक कारास्कोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि एट्लेटिकोले पेनाल्टी अवसर पाएको थियो। डिएगो कोष्टाले हानेको पेनाल्टी प्रहार बार्सिलोनाका गोलकिपर मार्क-आन्द्रे टेर स्टेगनले बचाएका थिए।
तर, भिडिओ सहायक रेफ्री (भिएआर) ले गोलकिपर टेर स्टेगन चाडै अघि बढेको भन्दै एट्लेटिकोलाई पुन: पेनाल्टी हान्ने अवसर दिएको थियो यसपटक कोष्टाको स्थानमा निगुएजले प्रहार गरेर बराबरी गोल फर्काए।
लियोनल मेसीले ५०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिए। त्यसको १२ मिनेट नबित्दै एट्लेटिकोले फेरि पेनाल्टी अवसर पायो। जसलाई निगुएले गोलमा परिणत गरे।
बराबरीसँग एक अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। एक खेल बढी खेलेको बार्सिलोना शीर्ष स्थानको रियाल मड्रिडभन्दा एक अंकले पछि छ।
तर, आज गेटाफेलाई पराजित गर्यो भने रियालले शीर्ष स्थानमा चार अंकको अग्रता लिनेछ। एट्लेटिको ५९ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानमा रहेको सेभियाको भन्दा दुई अंकले अगाडि हो।
" /> काठमाडौं। दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना गएराति स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग २-२ बराबरीमा रोकिएको छ।बराबरीपछि साविक विजेता बासिलोनाको उपाधि होड कमजोर बन्दै गएको छ।

">