काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन इटालियन सिरी ‘ए’ मा युभेन्टसले गएराति जेनोवामाथि ३-१ को विजय हासिल गरेको छ।
जितसँगै कीर्तिमानी लगातार नवौं पटक सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्टसले दोस्रो स्थानको लाजियोलाई चार अंकले पछाडि पारेको छ। लाजियोले गएराति नै चाडो गरी भएको खेलमा टोरिनोलाई २-१ ले पराजित गर्दै युभेन्टससँगको दूरी घटाएको थियो।
इटालियन कपको फाइनलमा नेपोलीसँग पेनाल्टी सुटआउटमा पराजित भएयता युभेन्टस लिगका सबै तीन खेल जितेको छ।
‘‘हामीले थुप्रै अवसर सिर्जना गर्यौँ र तीन सुन्दर गोल गर्यौं,’’ युभेन्टसका प्रशिक्षक माउरिसियो सारीले भने, ‘‘यसले हाम्रो शारीरिक अवस्थामा सुधार आएको संकेत दिन्छ।’’
पाउलो डिबालाले ५०औं मिनेटमा तीन विपक्षी रक्षकलाई छलाएर गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यसको ६ मिनेट वित्न नपाउँदै रोनाल्डोले अग्रता दोब्बर बनाए। उनले मिरालेम पिजानिकको पासमा गरेको लामो प्रहारलाई जेनोवाका गोलकिपर माटिया पेरिनले रोक्न सकेनन्।
रोनाल्डोले लिग पुनः शुरू भएपछिको अघिल्लो दुई खेलमा पेनाल्टीमा मात्र गोल गरेका थिए। यससँगै जारी सिजन रोनाल्डोले २५ खेलमा २४ गोल गरेका छन्।
७३औं मिनेटमा डिबालाको पासमा बैकल्पिक खेलाडी डउगलस कोष्टाले अर्को गोल थपे। कोभिड-१९ महामारीअघि डिबाला र रोनाल्डो दुवैले एक खेलमा मात्र गोल गरेका थिए। तर, सिजन पुनः शुरू भएको तीनै खेलमा डिबाला र रोनाल्डोले गोल गरेका छन्।
७६औं मिनेटमा आन्द्रेया पिनामोन्टीले गरेको गोल जेनोवाका लागि सान्त्वना बन्यो।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन इटालियन सिरी ‘ए’ मा युभेन्टसले गएराति जेनोवामाथि ३-१ को विजय हासिल गरेको छ।जितसँगै कीर्तिमानी लगातार नवौं पटक सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्टसले दोस्रो स्थानको लाजियोलाई चार अंकले पछाडि पारेको छ। लाजियोले गएराति नै चाडो गरी भएको खेलमा टोरिनोलाई २-१ ले पराजित गर्दै युभेन्टससँगको दूरी घटाएको थियो।

">