काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनलाई ३–० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ। गत जनवरीमा युनाइटेडसँग अनुबन्ध भएका २५ वर्षे फर्नान्डेजले प्रिमियर लिग पुनः शुरू भएपछिको तीनमध्ये दुई खेलमा गोल गरेका छन्।
युनाइटेडले १६औं मिनेटमा मासन ग्रिनउडको गोलबाट अग्रता लिएको थियो। २९औं मिनेटमा फर्नान्डेजले पाउल पोग्बाको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए। ५०औं मिनेटमा ग्रिनउडको पासमा फर्नान्डेजले अर्को गोल गर्दै युनाइटेडका जित पक्का गरे।

‘‘पोग्बाले राम्रो प्रदर्शन गरे। उनले मलाई ब्याकपास दिए। म बल हान्नको लागि तयार अवस्थामा थिएँ। दोस्रो गोलमा ग्रिनउडले सुन्दर पास दिए जसलाई मैले गोलमा परिणत गर्न सकेँ,’’ फर्नान्डेजले भने, ‘‘म गोलका लागि खुशी छु तर, त्यो भन्दा टीमले जितेकोमा खुशी छु। हामी जितका हकदार थियौं। हामी च्याम्पियन्स लिगका लागि संघर्ष गरिरहेका छौं र विश्वास छ हामी सफल हुन्छौं।’’
जितसँगै युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ। पाँचौं स्थानको युनाइटेड र छैटौं स्थानको उल्भरह्याम्पटनको समान ६ अंक छ। जुन चौंथो स्थानको चेल्सीभन्दा दुई अंकले पछाडी हो। तथापि, चेल्सीले एक खेल कम खेलेको छ। ब्राइटन भने ३३ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथभन्दा ६ अंकले मात्र माथि हो।
" /> काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनलाई ३–० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ। गत जनवरीमा युनाइटेडसँग अनुबन्ध भएका २५ वर्षे फर्नान्डेजले प्रिमियर लिग पुनः शुरू भएपछिको तीनमध्ये दुई खेलमा गोल गरेका छन्।युनाइटेडले १६औं मिनेटमा मासन ग्रिनउडको गोलबाट अग्रता लिएको थियो। २९औं मिनेटमा फर्नान्डेजले पाउल पोग्बाको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए। ५०औं मिनेटमा ग्रिनउडको पासमा फर्नान्डेजले अर्को गोल गर्दै युनाइटेडका जित पक्का गरे।

">