म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली घोषणा
काठमाडौं। मुख्य प्रशिक्षक योहान कलिनले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि आज २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्।

गोलकिपर किरण चेम्जोङ र डिफेन्सिभ मिडफिल्डर रोहित चन्द विदेशी लिगमा व्यस्त भएकोले टीममा राखिएको छैन।

फरवार्ड भरत खवास भने टिममा परेका छन्। यस्तै मिडफिल्डरद्वय सुबास गुरुङ र मिक्छेन तामाङ पहिलोपटक टीममा परेका छन्।

नेपाल र म्यानमारबीचको खेल ७ नोभेम्बरमा हुनेछ।

१९ नोभेम्बरमा नेपालमै हुने कुवेतविरुद्धको विश्वकप क्वालिफायर खेलको तयारीका क्रममा यो मैत्रीपूर्ण खेल हुन लागेको हो।

नेपाली टोली:

गोलकिपर: विकेश कुथु, विशाल श्रेष्ठ, एलान न्यौपाने

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्ड : भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्