थाइल्याण्डमा नेपाली फेन्सरलाई पदक
काठमाडौं। नेपाली महिला फेन्सिङ खेलाडी अनिता कार्कीले थाइल्याण्डमा पदक जितेकी छन्।

थाइल्याण्डमा १५ कात्तिकदेखि शुरु भएको '२८ सीयू फेन्सिङ च्याम्पियनसीप' मा अनिताले महिला इपी व्यक्तिगततर्फ कास्य पदक जितेकी हुन्।

नेपाली फेन्सिङमा यो ठूलो उपलब्धी भएको नेपाल फेन्सिङ संघले जनाएको छ।

१५-२४ मंसीरमा नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली फेन्सिङ टोली थाइल्याण्डमा छ।

प्रतिक्रिया दिनुहोस्