एएफसी यू-१९  क्वालिफायरका लागि २३ सदस्यीय नेपाली टोली घोषणा
काठमाडौं । एएफसी यू-१९ च्याम्पियनसीप क्वालिफायरका लागि नेपाली यू-१९  टीमको घोषणा भएको छ।

मुख्य प्रशिक्षक मेघराज केसीले आज २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

प्रशिक्षणमा रहेका २७ खेलाडीमध्ये ४ जना बाहिरिका छन्।

फरवार्ड बृजेश चौधरी, मिडफिल्डर शिशिर लेखी र नितिन थापा साथै गोलकिपर सुर्य अधिकारी अन्तिम टोलीमा अटाएनन्।

६ नोभेम्बरदेखि इरानमा शुरु हुने क्वालिफायरमा नेपाल समूह डी मा छ। यस समूहमा घरेलु टोली इरानसहित किर्गिस्तान र यूएई पनि छन्।

२३ सदस्यीय नेपाली टीम :

गोलकिपर: विशाल सुनार, रोहित कार्की, पुजन होना।

डिफेन्डर: विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगश गुरुङ, निराजन महर्जन।

मिडफिल्डर: दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन।

फरवार्ड:  मनिस डाँगी, राजिव लोप्चन, रेजिन सुब्वा, दीपेश आले मगर।

प्रतिक्रिया दिनुहोस्