एमसीसी टीम आज नेपाल आउँदै
काठमाडौं। एमसीसी लेगेसी टूरअन्तर्गत बेलायतकाे मेरिलेबाेन क्रिकेट क्लब एमसीसी आज नेपाल आउँदैछ।
जिम्मी एडम्सकाे कप्तानीमा रहेकाे एमसीसीले नेपालमा ६ खेल खेल्नेछ।
जसमा नेपालको राष्ट्रिय टीमसँग एउटा तीनदिवसीय खेलसमेत खेलिनेछ। यस खेलले फस्ट क्लासको मान्यतासमेत पाउनेछ।
नेपालमा विभिन्न टीमसँग खेल्नका लागि एमसीसीले अनुभवी १३ सदस्यीय टोली घोषणा गरिसकेको छ। जसमा टेष्ट र फस्ट क्लास क्रिकेट खेलेका खेलाडीसँगै युवा खेलाडीसमेत छन्।
एमसीसीसँग खेल्नकाे लागि ज्ञानेन्द्र मल्लकाे कप्तानीमा नेपालकाे तीन छुट्टाछुट्टै टाेली घाेषणा भईसकेकाे छ।
खेल तालिका :
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
१७ कात्तिक (३ नोभेम्बर)  : एमसीसीविरुद्ध नेपाली यू-१९ (५० ओभर)
१८ कात्तिक  (४ नोभेम्बर) : एमसीसीविरुद्ध नेपाल (५० ओभर)
२०-२२ कात्तिक (६-८ नोभेम्बर)  : एमसीसीविरुद्ध नेपाल (फस्ट क्लास थ्री डे म्यच)
२३ कात्तिक (९ नोभेम्बर) : एमसीसीविरुद्ध सिनियर र नेपाल यू-१९ मिश्रित टोलि (टी-२०)
पोखरा रंगशाला क्रिकेट मैदान
२५ कात्तिक  (११ नोभेम्बर) : एमसीसीविरुद्ध पोखरा आमन्त्रित ११ (टी-२०)
२६ कात्तिक (१२ नोभेम्बर) : एमसीसीविरुद्ध चिफ मिनिस्टर ११ (टी-२०)
प्रतिक्रिया दिनुहोस्