टी-२० क्रिकेट विश्वकपको ट्रफी अनावरण

काठमाडौं। महिला टी-२० विश्वकप अर्को वर्ष २१ फेब्रुअरीदेखि अष्ट्रेलियामा शुरु हुँदैछ।

यस्तै पुरुषको टी-२० विश्वकप २०१९ मै १८ अक्टोबरदेखि शुरु हुनेछ।

बलिउड अभिनेत्री करिना कपुरले टी-२० विश्वकपको विजेताले पाउने ट्रफी आज अष्ट्रेलियाको मेलबर्नमा अनावरण गरेकी छन्।

ट्रफी सार्वजनिक कार्यक्रमअघि करिनाले ग्लोबल इभेन्ट्समा सहभागी हुन पाउनु आफ्नो लागि सम्मान भएको बताइन्।

“यो प्रतिष्ठित साँझमा सहभागी हुन पाउँदा मैले सम्मानित महसूस गरेको छु,” उनले भनिन्।

सबै आफ्नो सपना पूरा गर्न खेल्न लागेका सबै महिला खेलाडीलाई उत्प्रेरित गर्न चाहेको उनले बताइन्।

करिनाले महिला खेलाडीहरू सबैका लागि प्रेरणा भएको बताइन्। “मेरो फादर इन ल एमएके पटौडी भारतीय क्रिकेट टीमका लागि खेल्ने एक उत्कृष्ट खेलाडी हुन्। र, यो ट्रफी अनावरण गर्न पाउनु मेरो लागि सम्मान हो।”

टी-२० विश्वकपको अघिल्लो संस्करणमा महिला र पुरुष दुवैतर्फको उपाधि वेष्ट इन्डिजले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्