तीन महीनापछि अर्जेन्टिनी टोलीमा फर्किए मेसी
काठमाडौं। लिओनल मेसी तीन महनापछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन्।

ब्राजिल र उरुग्वेविरुद्ध अर्को महीना हुने मैत्रीपूर्ण खेलका लागि बार्सिलोनाका ३२ वर्षीय स्टार मेसीलाई टीममा समावेश गरिएको हो।

मूख्य प्रशिक्षक लिओनल स्कालोनीले घोषणा गरेको २६ सदस्यीय टोलीमा मेसीसंगै म्यानचेष्टर सिटीबाट खेल्ने सर्जियो अगुएरो पनि अटाएका छन्।

गत जुलाईमा ब्राजिलमा भएको कोपा अमेरिकामा दक्षिण अमेरिकी फुटबल महासंघ र रेफ्रीबारे नकारात्मक टिप्पणी गरेपछि मेसीलाई तीन महीनाको प्रतिबन्ध लगाइएको थियो।

कोपा अमेरिकामा चिलीविरुद्धको तेस्रो स्थानको खेलमा अर्जेन्टिना विजयी हुँदा मेसीले रातो कार्ड पाएका थिए।

मेसीले प्रतिवन्धको अवधीमा अर्जेन्टिनाको लागि चार खेल गुमाए। मेसीले अर्जेन्टिनाका लागि १३५ खेल खेल्दै ६८ गोल गरेका छन्।

अर्जेन्टिनाले १५ नोभेम्वरमा साउदी अरवमा ब्राजिलसँग  र १८ नोभेम्बरमा इजरायलमा उरुग्वेसंग मैत्रीपूर्ण खेल खेल्नेछ।

अर्जेन्टिनी टोली:

गोलकिपर : अगस्टिन मार्चेसिन, जुवान मुस्सो, एमिलियानो मार्टिनेज, इस्टेवान एन्ड्राडा

डिफेन्डर : जुवान फोयथ, रेन्जो साराभिया, निकोलस ओटामेन्डी, जर्मन पिजेल्ला, मार्कोस रोजो, वाल्टर कान्नेमन, निकोलस ट्याग्लाफिको, नुहेन पेरेज, गुइडो रोड्रिगेज

मिडफिल्डर : जियोभानी लो सेल्सो, लियान्द्रो परेडेस, निकोलस डोमिनगेज, रोड्रिगो डे पउल, मार्कोस अकुना, रोवर्टो पेरेयरा, लुकास ओकम्पस

फरवार्ड : लिओनल मेसी, सर्जियो अगुएरो, निकोलस गोन्जालेज, लुकास एलारियो, लाउटारो मार्टिनेज, पाउलो डिबाला

प्रतिक्रिया दिनुहोस्