ला लिगा: ग्रानाडाले शीर्ष स्थान उक्लने मौका गुमायो

काठमाडौं। ग्रानाडाले यस सिजन स्पानिस ला लिगामा उत्कृष्‍ट प्रदर्शन गरिरहेको छ।

बार्सिलोना र रियल मड्रिडजस्ता क्लबलाई शीर्ष स्थानमा पर्न टक्कर दिइरहेको छ।

गएराती भएको खेलमा गेटाफेलाई हराउँदै शीर्ष स्थानमा उक्लने मौका ग्रानाडालाई थियो।

तर, घरेलु मैदानमा गेटाफेले ग्रानाडालाई ३-१ ले पराजित गर्‍यो। हारपछि ग्रानाडा तेस्रो स्थानमै यथावत छ।

गेटाफेका लागि घरेलु मैदानमा एन्जल रोड्रिगेजले ३५औं, माउरो अरामबारीले ४१औं र डेभिड टिमोरले ८८औं मिनेटमा गोल गरे।

ग्रानाडाका लागि ७४औं मिनेटमा एन्टोनिओ पोर्ट्सले एक गोल गरे।

हारपछि पनि ग्रानाडाको ११ खेलबाट २० अंक छ र बार्सिलोना र रियलपछि तेस्रो स्थानमा छ।

११ खेलबाट १६ अंक जोड्दै गेटाफे नवौँ स्थानमा उक्लेको छ।

प्रतिक्रिया दिनुहोस्