इएफएल कप: लिभरपुल र म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा, दुवै लण्डन क्लब बाहिरिए

काठमाडौं। दुई रेड क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेडले इएफएल कपको क्वाटरफाइनलमा स्थान बनाएका छन्।

दुई लण्डन क्लब आर्सनल र चेल्सी भने पराजित हुँदै बाहिरिएका छन्।

घरेलु मैदान एनफिल्डमा गोलको वर्षा हुँदा लिभरपुलले आर्सनललाई पेनाल्टी सूटआउटमा ५-४ ले हरायो।

निर्धारित ९० मिनेटमा दुवै टीमले ५-५ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। जसमा लिभरपुलका पाँचै खेलाडीले गोल गरे। आर्सनलका डानी सेवालोस गोल गर्न चुके।

लिभरपुलका लागि जेम्स मिलनर, एडम लालाना, रियल ब्रेवस्टर, डिभोक ओरिगी र कर्टिस जोन्सले गोल गरे।

आर्सनलका लागि हेक्टर बेलारिन, माटिओ गुन्डोजी, गाब्रीएल मार्टिनेली रमेटल्याण्ड नेल्सले गोल गरे।

यस्तै मार्कुस रासफोर्डले दुई गोल गरेपछि युनाइटेडले चेल्सीलाई २-१ ले हरायो। रासफोर्डले २५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

६१औं मिनेटमा मिची बात्सुईले चेल्सीका लागि बराबरी गोल फर्काए।

तर, रासफोर्ड्सले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई जित दिलाए।

अर्को खेलमा वुल्भ्सलाई २-१ ले पराजित गर्दै एस्टन भिल्ला पनि क्वाटरफाइनलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्