स्कटल्याण्ड र ओमान टी-२० विश्वकपमा छनोट
काठमाडौं। स्कटल्याण्ड र ओमान अर्को वर्ष अष्ट्रेलियामा हुने आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि छनोट भएका छन्।

युएईमा भइरहेको ग्लोबल क्वालिफायरबाट यसअघि नै पपुवा न्यू गिनी, आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स विश्वकपका लागि छनोट भइसकेका छन्।

ओमान छनोट भएपछि अष्ट्रेलियामा विश्वकप खेल्ने १६ टीमको टुंगो लागेको छ।

प्लेअफमा स्कटल्याण्डले घरेलु टोली युएई र ओमानले हङकङलाई पराजित गरको हो।

घरेलु मैदानमै भएको ग्लोबल क्वालिफायरबाट युएई भने छनोट हुन सकेन। स्कटल्याण्डले युएईलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ।

ओपनर जर्ज मुनसेले ६५ रन बनाएपछि स्कटल्याण्डले पहिले बयाटिङ गर्दै ६ विकेट गुमाएर १९८ रन बनाएको थियो।

सफयन सरिफ र मार्क वाटले ३-३ विकेट लिएपछि युएई १८.३ ओभरमा १०८ रनमै अलआउट भयो। युएईका लागि रमिज शेहजादले सर्वाधिक ३४ रन बनाए।

यस्तै जतिन्दर सर बिलाल खानको उत्कृष्ट प्रदर्शनमा ओमानले हङकङलाई १२ रनले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरको हो।

ओमानका लागि जतिन्द्रले नटआउट ६७ रन बनाए भने बिलाल खानले ४ विकेट लिए।

जतिन्द्रकै शानदार ब्याटिङमा ओमानले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १३४ रन बनाएको थियो।

खराब सुरुवात गरेपनि जतिन्दरले अन्तिमसम्म ब्याटिङ गर्दै अर्धशतक बनाए। नसिम खुशीले ९ बलमा नटआउट २६ रन योगदान गरे।

हङकङका नस्रुल रानाले २ विकेट लिए। १३५ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो।

हङकङका लागि स्कट म्याकेन्नीले सर्वाधिक ४४ रन जोडेपनि टीमलाई जिताउन पर्याप्त भएन।

ओमानका बिलाल खानले ४ विकेट लिए भने फयाज बट र खाँवर अलीले २/२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्