ला लिगा: लेगानेसविरुद्ध ५ गोलसहित रियल मड्रिड दोस्रो स्थानमा

काठमाडौं : लेगानेसलाई ५-० ले पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ।

घरेलु मैदानमा रियललाई सहज जित दिलाउन पाँच फरक खेलाडीले गोल गरे।

जितपछि १० खेलबाट २१ अंक जोडेको रियल दोस्रो स्थानमा उक्लेको छ भने शीर्ष स्थानको बार्सिलोनाभन्दा १ अंकले मात्र पछि छ। समान खेलबाट बार्सिलोनाको २१ अंक छ।

रियलका लागि सातौँ मिनेटमा टोनी क्रुसले पहिलो गोल गरेका थिए। त्यसको एक मिनेटपछि नै रोड्रिगोले गोल गरे भने २४ औं मिनेटमा कप्तान सर्गियो रामोसले पेनाल्टीबाट गोल गरे।

यस्तै करिम बेन्जामाले ६९औं मिनेटमा पेनाल्टीबाट र लुका जोभिचले अन्तिम समयमा गोल गरे।

प्रतिक्रिया दिनुहोस्