भारतमा हुने यू-१९ क्रिकेटका लागि रीतको कप्तानीमा टोली घोषणा

काठमाडौं। भारतमा हुने यू-१९ च्यालेन्जर्स सिरिजका लागि नेपाली युवा क्रिकेट टोली घोषणा भएको छ।

युवा खेलाडी रीत गौतमको कप्तानीमा १६ सदस्यीय टोली आज घोषणा भएको हो।

भारतको हैदरावादमा ११-१७ नोभेम्बरका हुने सिरिजमा अनुभवी भन्दा पनि युवा खेलाडीलाई मौका दिन नेपाल यू-१९ 'ए' टीम छनोट गरिएको हो।

राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमाटा, यू-१९ टीमका प्रशिक्षक विनोद दास र छनोटकर्ता राजु खड्काको छनोट समितिले १६ सदस्यीय टोली र चार वैकल्पिक खेलाडी छनोट गरेको हो।

रीतको कप्तानीमा घोषणा गरिएको टीममा लोकेश बम, त्रितराज दाश, विशालविक्रम केसी, खड्कबहादुर बोहोरा, अभिषेक बस्नेत, हरि चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तीलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी छन्।

यस्तै वैकल्पिकमा दीपक बोहरा, दुर्गेश गुप्ता, निखिलकुमार सिह र सोनु देवकोटा छन्।

प्रतिक्रिया दिनुहोस्