इएफएल कप: म्यानचेष्टर सिटी र लेस्टर सिटी क्वार्टरफाइनलमा

काठमाडौं। साविक विजेता म्यानचेष्टर सिटी इएफएल कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

म्यान्चेष्टरसँगै प्रिमियर लिगका क्लब लेस्टर सिटी र एभर्टन पनि अन्तिम आठमा पुगेका छन्।

म्यान्चेष्टरले प्रिमियर लिगकै साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो।

म्यान्चेष्टरका लागि सर्जियो अगुएरोले दुई तथा निकोलस ओटामन्डीले एक गोल गरे। साउथह्याम्पटनका ज्याक स्टेफन्सले एक गोल फर्काए।

यस्तै लेस्टरले ब्रुटन तेस्रो श्रेणीको ब्रुटन अल्विओनलाई ३-० ले हरायो।

लेस्टरका लागि केलेची इहनाचो, युरो थिलेमन्स र जेम्स म्याडिसनले गोल गरे। ब्रुटनका लागि लिअम बोएसले एक गोल फर्काए।

अर्को खेलमा एभर्टनले प्रिमियर लिगकै वाटफोर्डलाई २-० ले पराजित गर्‍यो। एभर्टनका लागि मासोनज होलगेट र रिचार्लिसनले एक-एक गोल गरे।

यस्तै अक्फोर्ड युनाइटेड र चौथो श्रेणीको चोलेस्टर युनाइटेड पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

अक्सफोर्डल सण्डरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो।

यस्तै चोलेस्टरले क्रावले टाउनलाई ३-१ ले हरायो।

प्रिक्वार्टरफाइनलअन्तर्गत आज प्रिमियर लिगका ठूला क्लबहरू लिभरपुल र आर्सनल तथा चेल्सी र म्यानचेष्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै एस्टन भिल्ला र वुल्भ्सबीच पनि खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्