ला लिगा: बार्सिलाेना शीर्ष स्थानमा उक्लियाे, मेसीकाे दुई गाेल

काठमाडौं। कप्तान लिओनल मेसीले दुई गाेल गरेपछी स्पानिस ला लिगामा बार्सिलाेनाले रियल भाल्लाडाेलिडलाई ५-१ ले पराजित गरेकाे छ।

घरेलु मैदानमा भएकाे खेलमा मेसीले दुई गाेलका लागि सहयाेग समेत गरे।

जितपछि बार्सिलाेना १० खेलबाट २२ अंक जाेड्दै शीर्ष स्थानमा उक्लेकाे छ।

समान खेलबाट २० अंक जाेडेकाे ग्रानाडा दाेस्राे स्थानमा झरेकाे छ।

बार्सिलाेनाकाे सहज जितमा मेसीले दुई गाेल गर्दा क्लेमेन्ट लेङगलेट, अर्टुराे भिदाल र लुइस सुआरेजले एक-एक गाेल गरे।

मेसीले फ्रिकिकबाट आफ्नो करियरमा ५० औं गाेलसमेत पूरा गरेका छन्।

यस्तै अर्काे खेलमा एट्लेटिकाे मड्रिड अलाभेजसंग १-१ काे बराबरीमा राेकियाे।

बराबरीपछि ११ खेलबाट २० अंक जाेडेकाे एट्लेटिकाे तेस्राे स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्