उनी एशियन गेमका लागि समेत छनोट भएका छन्। एशियन गेम यही ३० नोभेम्बर र १ डिसेम्बरमा भारतको बेंग्लोरमा हुँदैछ।
भट्टले राष्ट्रिय प्रतिस्पर्धामा पनि दुई विधामा स्वर्ण जितेका हुन्। पुरुष फिजिक्स र बडिविल्डिङतर्फ प्रतिस्पर्धा गरेका उनले दुवैमा मेडल प्राप्त गरे।
यसअघि भट्ट पुरुष फिजिक्सतर्फ राज्यस्तरीय खेलको उपाधि जित्दै राष्ट्रिय खेलका लागि छनोट भएका थिए। उनले राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गरेका थिए।
भट्ट राज्यस्तरीय खेलमा नेपाली क्लब फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं)बाट सहभागी भएका थिए।
विश्वकप तथा एशियन कपका लागि छनोट भएका भट्टलाई विश्व शारीरिक सुगठनका अध्यक्ष ग्रिम लान्सफिल्डले प्रमाणपत्र र मेडल प्रदान गरेका थिए।
अध्यक्ष लान्सफिल्डले विश्वकपको तयारी गर्न र त्यो नभ्याए एशियन कपको तयारी गर्न सुझाव दिएका छन्।
विश्वकपमा छनोट भएका भट्टले अष्ट्रेलिया तथा नेपालमध्ये कुनै एक देशको प्रतिनिधित्व गर्दै खेल्न पाउनेछन्।
उनको इच्छा भने नेपालबाटै खेल्नेछ। तर, आर्थिक समस्याको मारमा उनी परेका छन्।
अष्ट्रेलियाको प्रतिनिधित्व गर्दा उनको खर्च त्यहाँको सरकारले व्यहोर्न भनेको छ। तर, भट्ट नेपालबाटै खेल्न चाहन्छन्।
नेपालमा भने खेलाडीलाई बजेट दिने व्यवस्था नरहेको सुनेको उनले बताए।
" />

">