क्रिकेटको तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने तेस्रो अष्ट्रेलियन खेलाडी बने वार्नर

" /> क्रिकेटको तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने तेस्रो अष्ट्रेलियन खेलाडी बने वार्नर

"> वार्नरको शतक, श्रीलंका १३४ रनले पराजित: Dekhapadhi
वार्नरको शतक, श्रीलंका १३४ रनले पराजित
काठमाडौं। डेविड वार्नरले टी-२० अन्तर्राष्ट्रिय पहिलो शतक बनाएको खेलमा अष्ट्रेलियाले फराकिलो जित हात पारेको छ।

एडिलेडमा आज भएको पहिलो टी-२० मा अष्ट्रेलियाले श्रीलंकालाई १३४ रनले पराजित गरेको हो।

जितपछि घरेलु टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

वार्नरको शतक अनि कप्तान आरोन फिन्च र ग्लेन म्यक्सवेलको अर्धशतकपछि अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३३ रन बनाएको थियो।

उच्च लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो।

श्रीलंकाका लागि दसुन सन्नाकाले सर्वाधिक १७ रन बनाए भने कुशल परेराले १६, ओसादा फर्नान्डो १६ र गुनतिलकाले ११ रन बनाए।

लासिथ मालिंगा १३ रनमा नटआउट रहे।

अष्ट्रेलियाका लागि एडम जाम्पाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए।

यस्तै मिचेल स्टार्क र प्याट कमिङले २ तथा एस्टन एगरले १ विकेट लिए।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको लागि ओपनर वार्नरले दुई शतकीय साझेदारी गरेपछि उच्च स्कोर बनेको हो।

कप्तान आरोन फिन्चसँग पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेका वार्नरले दोस्रो विकेटका लागि ग्लेन म्यक्सवेलसँग १०७ रनको साझेदारी गरे।

खेलको अन्तिम बलमा १ रन प्रहार गर्दै वार्नरले पहिलो टी-२० शतक बनाएका हुन्।

वार्नरले ५६ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे।

वार्नरले दुई खेलाडीसँग शतकीय साझेदारी गरे।

श्रीलंकाविरुद्ध टी-२० शतक प्रहार गरेपछि वार्नरले तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने कीर्तिमानसमेत बनाएका छन्। र, यस्तो उपलब्धि हात पार्ने उनी तेस्रो अष्ट्रेलियन खेलाडी बने।

यसअघि अष्ट्रेलियाका शेन वाट्सन र म्याक्सवेलले यो उपलब्धि हात पारिसकेका छन्।

वार्नरले टेष्टमा २१ र ओडीआईमा १७ शतक प्रहार गरिसकेका छन्।

वार्नरको शतक अनि फिन्च र म्याक्सवेलको अर्धशतक प्रहार गरेका थिए।

फिन्चले ३६ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाए।

यस्तै २८ बल खेलेका म्यक्सवेलले ७ चौका ३ छक्का प्रहार गरे।

श्रीलंकाका लागि लक्सन सान्दाकान र दसुन सन्नाकाले १-१ विकेट लिए।

श्रीलंकन बलर कसुन रजिताले अष्ट्रेलियाविरुद्धको खेलमा धेरै रन दिएर खराब कीर्तिमान बनाए।

४ ओभरमा ७२ रन खर्चेका रजिथा एकै इनिङ्समा सबैभन्दा धेरै रन खर्चने बलर बने।

उनले आफ्नो स्पेलमा ७ चौका र ६ छक्का खर्चे भने जम्मा ४ बल मात्र डट फाले।

पढ्नुहाेस्ः

क्रिकेटको तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने तेस्रो अष्ट्रेलियन खेलाडी बने वार्नर

प्रतिक्रिया दिनुहोस्