कराते टोली मलेसिया र बंगलादेश जाँदै
काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) को १३ औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली भाेलि, १० कात्तिकमा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ।

२९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जानेछ।

त्यसपछि टोली पाँचौं दक्षिण एशियाली कराते च्याम्पियनसिप खेल्न ५ नोभेम्बर मा बंगलादेशको ढाका पुग्नेछ।

प्रतियोगिता ७-९ नाेभेम्बरमा हुनेछ।

टोली १० नोभेम्बरमा नेपाल फर्कने कार्यक्रम छ।

पुरुष खेलाडीमा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर, सोनाम लामा, लक्ष्मण तामाङ, राजीव पुडासैनी, राजकुमार रसाइली, नवीन रसाइली, अर्जुन चन्द, गंगाराम कुशुवार, मुकुन्द्र महर्जन, दिवस श्रेष्ठ, सुशील पौडेल, विप्लवलाल श्रेष्ठ र लेखनाथ मैनाली छन् ।

महिला खेलाडीमा निर्मला तामाङ, सरु कार्की, संगीता मगर, चन्चला दनुवार, कुसुम खड्का, अनु अधिकारी, मनीषा चौधरी, सुस्मिता वाइबा, अनु गुरुङ, एस्टर राई, सुनिता महर्जन, सनी तामाङ, अनुपमा मगर र रीता कार्की छन्।

खेलाडीले व्यक्तिगत र टीम कुमुते तथा कातामा प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षकमा गंगाराम महर्जन र राजेश श्रेष्ठ तथा व्यवस्थापकमा मीङमार शेर्पा र राजेन्द्र बराल छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आज एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्