पर्यटकीयस्थलको प्रचार गर्दै भक्तपुरमा दौड प्रतियोगिता
काठमाडौं। पर्यावरण संरक्षण र स्थानीय रानीकोट गढी प्रचारका लागि भक्तपुरको सूर्यबिनायकमा आयोजना भएको वाकाथोन प्रतियोगितामा मुकुन्द पोखरेल प्रथम भएका छन्।

सुर्यविनायक नगरपालिका-७, कार्यालयबाट शुरु भएको प्रतियोगिता खहरे चोक, ठूलो खोला, पिपलडाँडा,घ्याम्पे डाँडा हुँदै रानीकोट पुगेर सकिएको थियो।

सांसद महेश बस्नेतले उद्घाटन गरेको दौडमा सात किलोमिटरको दूरी ४७ मिनेट १७ सेकेण्डमा पूरा गर्दै गुण्डूका मुकुन्द पोखरेल पहिलो भएका छन्।

स्थानीय समाजसेवी समूह तथा मान्द्रो परिवारको आयोजना, रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहयोग तथा सेन्चुरी बैंकको प्रायोजनमा आयोजना भएको प्रतियोगितामा स्थानीय विराज तामाङ दोस्रो र विक्रम केसी तेस्रो भएका छन्।

सो दूरी विराजले ५० मिनेट २९ सेकेण्डमा पूरा गरेका थिए। तेस्रो भएका विक्रमले ५१ मिनेट २१ सेकेण्ड लगाए।

५३ मिनेट २४ सेकेण्डमा दूरी पूरा गरेका मधु खड्का चौथो र ५६ मिनेट ५४ मिनेटमा दूरी पूरा गरेका कृष्ण प्रसाद वाग्ले पाँचौं स्थानमा आए।

प्रतियोगितामा ५० जना बढीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्