काठमाडौं। सन् १९८२ मा भारतको दिल्लीमा भएको एशियन गेम्समा फुटबलतर्फ कुवेतले रजत पदक जितेको थियो। जुन-जुलाईमा स्पेनमा भएको विश्वकप खेलेको कुवेतको फुटबल टीम भारतमा एशियन गेम्स खेल्न पुगेको थियो।

विश्वकप खेलेको कुवेतको दबदबाको उदाहरण थियो, यो।

समूह चरणमा त्यही कुवेत, इराक र बर्मासँगै नेपाल समूह 'बी' मा थियो।

नेपालले पहिलो पटक सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि थियो, त्यो।

आफूभन्दा निकै बलिया टोली रहेको समूहमा नेपालले कुनै अंक जोड्न सकेन।

नेपाल समूहको पुछारमा रह्यो। तर, कुवेतविरुद्धको पहिलो खेलमै नेपालका यमबहादुर (वाइबी) घलेले कीर्तिमान बनाए। कुवेतविरुद्धको खेलमा उनले गोल गरे। यो गोल नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल थियो। र, त्यो गोल वाइबी घलेको नाममा लेखिन पुग्यो।

२१ नोभेम्बर, १९८२ मा जवाहरलाल नेहरू रंगशालमा हजारौं समर्थकमाझ उनले गरेको त्यो गोलको अर्काे अर्थ पनि थियो। भर्खरै विश्वकप खेलेर आएको कुवेतविरुद्ध तीन गोलले पछि परेको अवस्थामा घलेले नेपालका लागि त्यो गोल गरेका थिए।

त्यसअघि नेपालले भारत र पाकिस्तानमा केही प्रतियोगिता खेले पनि आधिकारिकरूपमा फुटबल खेलेको दिल्ली एसियन गेम्स नै पहिलो थियो।

यही कारण पनि वाइबी घले नेपाली फुटबलमा कहिल्यै बिर्सन नमिल्ने नाम बनेको छ।

घलेसँगै त्यो खेल खेलेका राजुकाजी शाक्य नेपालको पहिलो गोल सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छन्। कति मिनेटमा र कसरी गोल भयो भन्ने शाक्यले बिर्सिसके तर, त्यसपछिको माहोल भने उनलाई राम्ररी सम्झना छ।

"हाम्रो लागि त्यो गोल जितभन्दा सानो उपलब्धि थिएन। नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय गोल हुनु नै हामीले जिते सरह थियो”, शाक्यले देखापढीसँग भने, "कुवेतले तीन गोल गरिसकेपछि हामीले त्यो गोल फर्काएका थियौं ।"

त्यतिबेला भारतीय दर्शक पनि नेपालको समर्थनमा थिए। नेहरु रंगशालामा 'नेपाल-नेपाल' गुञ्जिएको थियो।

मैदानमा कुवेतले नेपाललाई दवावमा राखेपनि मैदानबाहिरबाट दर्शकले कुवेतमाथि दवाव बढाएका थिए।
"कुवेत स्पेनमा विश्वकप खेलेर आएको टीम, तर दर्शक नेपालको पक्षमा थिए”, शाक्यले त्यो माहोल सम्झँदै भने,"उनीहरूको र हाम्रो खेलको स्तर नै फरक थियो। तर, तीन गोल खाँदा पनि एक गोल फर्काएपछि हामीलाई जितेको जस्तो भयो।"

त्यतिखेर नेपालको प्रशिक्षक रुदिगर थिए। उनले केही योजना बनाएका थिए। जसमा नेपाल सफल भएको शाक्यले बताए। "हामीलाई ओभरल्यापिङ, मेन टु मेन खेल्न सिकाएका थिए। त्यसमा हामी सफल भयौं",  उनले भने, “उनीहरूको मुख्य खेलाडीलाई हाम्रो मानबहादुर मल्लले मार्क गरेका थिए। मुख्य विषय भनेको अनुशासनमा रहेर खेलेकोले पनि कुवेतविरुद्ध स्तरीय प्रदर्शन भएको थियो।"

शाक्यले भनेजस्तै खेलको नतिजा कुवेतको पक्षमा गएपनि घलेले गरेको गोल नै नेपालको लागि जित जस्तै बन्यो।

अहिले पनि त्यो खेल भन्दा उनले गरेको गोल सम्झिइन्छ र चर्चा पनि उत्तिकै हुन्छ।

नेपाली फुटबलमा अन्तर्राष्ट्रियस्तरमा खेल्न शुरु गर्ने पुस्ताका खेलाडी घलेले त्यसपछि प्रशिक्षक, व्यस्थापक, अखिल नेपाल फुटबल संघ ९एन्फा०को पदाधिकारीदेखि टेक्निकल डाइरेक्टरसम्मको काम गरे।
नेपालबाटै सन् १९८४ मा शुरु भएको दक्षिण एशियाली खेलकुदको पहिलो संस्करणमै नेपालको फुटबल टीमले स्वर्ण जित्दा घले मुख्य खेलाडी थिए।

१९८२ देखि १९९० सम्म राष्ट्रिय टीममा रहेका घलेले आरसीटी, फ्रेन्ड्स क्लब, शाही नेपाल वायुसेवा निगम, महेन्द्र पुलिस क्लबबाट फुटबल खेलेका थिए।
६१ वर्षीय घले ११ वर्षयता भने प्यारालाइसिसले थलिएका छन्। हिंडडुल गर्न र बोल्न समेत गाह्रो छ।

चार महिनाअघि पित्तथैलीको स्टोनको शल्यक्रिया गरेपछि उनी झनै अस्वस्थ भएका छन्। ८ कात्तिकमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले नगद २ लाख सहयोग गर्न आयोजित कार्यक्रममा पुराना सहकर्मी भेट्दा घले मुस्कुराए मात्र।

घलेलाई साथीभाई भेट्दा सन्चो-विसन्चो सोध्ने, रमाइला गफगाफ गर्ने चाहना भए पनि बोल्दा गाह्रो हुने भएपछि उनको मुखबाट कुनै शब्द निस्किएन। तर, उनको अनुहारमा देखिएको हाँसो पढ्दा प्रष्ट हुन्थ्यो- एकोहोरो नै भए पनि उनी संवाद गरिरहेका थिए ।

वेलायती सेनामा काम गर्दा वीरता प्रदर्शन गरेबापत् बलायतको सम्मानित "भिक्टोरिया क्रस" पाउने पहिलो नेपाली गजे घलेका सन्तान हुन् वाइबी।

वाइबीले पनि खेलकुदका माध्यमबाट नेपालका लागि सम्मान गर्न लायक काम गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि पहिलो गोलकर्ता भनेर वाइबीले इतिहास रचेका छन् । तर, उनको योगदानको न सरकारले सम्मान गर्न सकेको छ, न समाजले कदर नै।

" /> काठमाडौं। सन् १९८२ मा भारतको दिल्लीमा भएको एशियन गेम्समा फुटबलतर्फ कुवेतले रजत पदक जितेको थियो। जुन-जुलाईमा स्पेनमा भएको विश्वकप खेलेको कुवेतको फुटबल टीम भारतमा एशियन गेम्स खेल्न पुगेको थियो।

"> वाइबी घलेले गरेको नेपालको त्यो पहिलो गोल: Dekhapadhi
वाइबी घलेले गरेको नेपालको त्यो पहिलो गोल

प्रतिक्रिया दिनुहोस्