१३औं सागका लागि भलिबल टोली घोषणा, तीन नयाँ खेलाडी
काठमाडौं । आउँदो मंसीरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपालको पुरुष भलिबल टोली घोषणा भएको छ।

नेपाल भलिबल संघले इम रानाको कप्तानीमा १४ सदस्यीय टोलीको अन्तिम छनोट गरेको हो। जसमा तीन नयाँ खेलाडीले स्थान बनाएका छन्।

बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट ४ खेलाडी भने बाहिरिएका छन्।

भदौमा नेपालमा भएको एभिसी सेन्ट्रल जोन खेलेका नरेन्द्र गिरी, दीपकराज जोशीका साथै दुर्गा महतो र राजु शेरचन अन्तिम टोलीमा स्थान बनाउन असफल रहे।

सेन्ट्रल जोन खेलेकै अर्का खेलाडी राज कुमार निरौला भने १८ जनामै परेका थिएनन्।

इमको कप्तानीमा रहेको टिममा द्वारिका थापा, शरणसामरी क्षेत्री र रविन चन्दले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।

यस्तै लिब्रो विनोद चन्द र ओपनर स्पाइकर विशाल विक पनि टिममा अटाएका छन्।

सेन्ट्रल जोनका लागि यी दुई खेलाडी टिममा परेपनि अन्तिममा १२ खेलाडी मात्र राख्ने भएकोले विनोद र विशाल टिमबाट बाहिरिएका थिए।

१३औं साग १५-२५ मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ।

नेपाली टोली:

१) इम राना

२) राजेन्द्र विष्ट

३) धनबहादुर भट्ट क्षेत्री

४) हरीहजुर थापा

५) टेकराज अवस्थी

६) हरी अधिकारी

७) दुर्गा खड्का

८) द्वारिका थापा

९) ईश्वर थापा मगर

१०) विनोद चन्द

११) विशाल विक

१२) शरण सामरी क्षेत्री

१३) कुलबहादुर थापा

१४) रविन चन्द

प्रतिक्रिया दिनुहोस्