टेनिस च्याम्पियनसीपमा सौगात र रायनालाई स्वर्ण
सिंगल्सतर्फ ब्वाइजमा सौगात तथा गल्सतर्फ रायना पहिलो भएका हुन्।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सौगातले नेपालकै चिराग तिम्सिनालाई ६-१ र ७-५ को सोझो सेटमा पराजित गरे। सौगातले प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन्।
बिहीवार पुरुष डबल्समा सौगातले भारतका मनुराज सिंहसँग मिलेर स्वर्ण जितेका थिए।
गल्स डबल्समा नेपालका अजा रेग्मी र शुभाङगीलक्ष्मीको जोडीले स्वर्ण जितेका थिए।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको गल्स सिंगल्स उपाधि भिडन्तमा रायनाले आफ्नै राष्ट्रकी शुभाङगीलक्ष्मी शाहलाई ६-० र ६-३ को सिधा सेटमा हराइन्।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले पुरस्कार प्रदान गरिन्। पाँचदिने प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ४७ खेलाडी सहभागी थिए।
नेपालबाट सर्वाधिक ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । भारतबाट ६, स्विट्जरल्यान्डबाट २ तथा जापान र मलेसियाबाट समान १–१ खेलाडीले भाग लिएका थिए।
प्रतिक्रिया दिनुहोस्