एएफसी फुटसल च्याम्पियनसीप छनोटमा नेपाल जितविहीन
काठमाडौं। एएफसी फुटसल च्याम्पियनसीप छनोट अन्तर्गत सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
इरानमा आज अफ्गानिस्तानसँग भएको समूहको अन्तिम खेलमा ६-२ गोलले पराजित हुँदै नेपाल प्रतियोगितामा जितविहीन बनेको हो।
खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफ्गानिस्तानले अग्रता लिएको थियो। छैठौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरीमा ल्याए।
१२औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गर्दै २-१ ले पछि परेको नेपालका लागि १६ औं मिनेटमा मणी लामाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।
३६औं मिनेटमा फर्जाद महमोदी र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल अफगानिस्तानसँग ६-२ ले पराजित भएको हो।
नेपालको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा ताजिकिस्तानसँग ६-० ले पराजित भएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको थियो।
सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसीपका लागि नेपाल सम्मिलित समूह ए बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।
प्रतिक्रिया दिनुहोस्