एएफसीले लगायो एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना
काठमाडौं। एशियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघलाई ३५ हजार अमेरिकी डलर जरिवाना ताेकेकाे छ।

क्लबहरूलाई गलत तरिकाले लाइसेन्स वितरण गरेको भन्दै एएफसीको अनुशासन तथा आचारसंहिता कमिटीको बैठकले एन्फालाई ३५ हजार डलर जरिवाना तोकेको हो।

एएफसीका अनुसार नियमविपरीत एन्फाले क्लब लाइसेन्स वितरण गरेको भेटिएकाले कारबाहीस्वरूप जरिवाना लगाएको हो।

फिफा र एएफसीले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाइसेन्सिङ प्रणाली लागू गर्न निर्देशन दिएको थियो, जसअनुसार एन्फाले प्रस्ताव गरेको ९ नेपाली क्लबलाई एएफसीले क्लब लाइसेन्स प्रदान गरेको थियो।

क्लब लाइसेन्सका लागि क्लबहरूको आफ्नै प्रशिक्षण मैदान, एकेडेमी हुनपर्नेलगायत विभिन्न शर्तहरू राखिएकाे थियो।

नेपालको कुनै क्लबसँग यी सबै सुविधा नभए पनि एन्फाको सिफारिसमा क्लबहरूले क्लब लाइसेन्स पाएका थिए।

प्रतिक्रिया दिनुहोस्