ब्याटिङमा सर्वाधिक २९ रन बनाएकी खतिवडाले बलिङमा ३ विकेट लिइन्।
पाँच टीम सहभागी लिगमा अपराजित रहँदै उपाधि जितेकाे चितवनले नगद ७ लाख रुपैयाँ र ट्रफी जितेकाे छ।
लिगकाे उद्घाटन खेलमा पनि चितवनले काठमाडौंलाई पराजित गरेकाे थियाे।
त्यसपछि काठमाडौंले लगातार ४ खेल जित्दै फाइनलमा स्थान बनाएकाे थियाे।
चितवन लिग चरणमा ४ खेल जित्दै सीधै फाइनल पुगेकाे थियाे भने काठमाडौंले एलिमिनेटरमा विराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनल पुगेकाे हाे।
त्यसैले फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा थियाे। तर, चितवनले उत्कृष्ट बलिङ गर्दै खेल जित्याे।
चितवनले दिएकाे ११३ रनकाे लक्ष्य पछ्याएकाे काठमाडौंले खराब ब्याटिङ गर्दै नियमित अन्तरमा विकेट गुमायाे र २० ओभरमा सबै विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्याे।
काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन बनाइन् भने ममता थापाले १३ रन जाेडिन्। ईश्वरी विष्टले १२ रन बनाइन्।
बलिङमा चितवनका लागि रीतु कनाैजिया र सुमन खतिवडाले ३-३ विकेट लिए।
रीतुले ४ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चिइन्।
सुमनले ४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चिए।
यस्तै रेखा रावलले २ विकेट लिइन्।
रेखाले ४ ओभरमा १ मेडन राख्दै ९ रन मात्र खर्चिइन्।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएकाे हाे।
चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन बनाइन्। ओपनर काजाेल श्रेष्ठले २१ र कन्चन श्रेष्ठले १९ रन जाेडे।
यस्तै कप्तान इन्दु बर्माले नटआउट २२ रन बनाइन्।
इन्दुले १९ बल खेल्दै ४ चाैका प्रहार गरिन्।
बलिङमा काठमाडौंका लागि संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १-१ विकेट लिइन्।
कप्तान रुविनाले किफायती बलिङ गर्दै १४ रन मात्र खर्चिए पनि विकेट भने लिन सकिनन्।
प्रतियाेगितामा इमर्जिङ प्लेअर काठमाडाैंकी ईश्वरी विष्ट, बेस्ट बलर चितवनकी कविता गाैतम, बेस्ट ब्याट्सवुमन चितवनकी काजाेल श्रेष्ठ र प्लेअर अफ दी सिरिज काठमाडाैंकी रुविना क्षेत्री घाेषित भइन्।
" />

">