डब्लुसिएल: काठमाडौंलाई ११३ रनकाे लक्ष्य

काठमाडौं। वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) काे उपाधिका लागि चितवन राईनाेज र क्याट क्वीन्स काठमाडौंबीच खेल भइरहेकाे छ।

काठमाडौंले फाइनल जित्नका लागि ११३ रनकाे लक्ष्य पाएकाे छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएकाे हाे।

चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन बनाइन्। ओपनर काजाेल श्रेष्ठले २१ र कन्चन श्रेष्ठले १९ रन जाेडे।

यस्तै कप्तान इन्दु बर्माले नटआउट २२ रन बनाइन्। इन्दुले १९ बल खेल्दै ४ चाैका प्रहार गरिन्।

कप्तान रुविनाले किफायती बलिङ गर्दै १४ रन मात्र खर्चिएपनि विकेट लिन सकिनन्।

बलिङमा काठमाडौंका लागि संगिता राई, लक्ष्मी साउद र सरस्वति कुमारीले १-१ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्