इरान । एएफसी फुटसल च्याम्पियनसीप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ।
सेन्टर र साउथ जोनको समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६–० ले पराजित भएको हो। पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खायो ।
शुरूआती समय दखि दबावमा देखिएको नेपालले पहिलो हाफमा ताजिकिस्तानको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो। ताजिकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहँदा गोलरक्षक सुमितकुमार आलेले केही उत्कृष्ट बचाउ गरेका थिए। तर, दोस्रो हाफ शुरू भएको चार मिनेट नबित्दै ताजिकिस्तानका खेलाडीले थप तीन गोल गर्दा उनको स्थानमा अनिस श्रेष्ठ मैदान प्रवेश गरे।
दोस्रो हाफको पहिलो मिनेटमै ताजिकिस्तानले गोल गर्दै नेपालमाथि ४–० को अग्रता बनायो। त्यसपछि चौथो मिनेटमा दुई गोल ग¥यो। पहिलो हाफभन्दा दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको नेपालले केही अवसर पाएपनि सदुपयोग गर्न सकेन।
खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै सह–प्रशिक्षक गौरभ बस्नेतले नेपाली खेलाडीको प्रदर्शनमा आफू खुसी भएको बताएका छन्। “हामीले अन्ततर्राष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ। पहिलेभन्दा खेलमा सुधार आएको मान्नुपर्छ,” बस्नेतले भने, “ताजिकिस्तानसँग हामीले धेरै सिक्ने मौका पायौ।”
त्यस्तै ताजिकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टीमको प्रदर्शन राम्रो रहेको बताए। उनले भने, “शुरूआती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो। तर, पहिलो हाफको अन्त्यतिर डिफेन्स कमजोर हुँदा हामिले फाइदा लियौं ।”
पहिलो जितपछि समूह ‘ए’ मा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ। अब नेपालले आफ्नो दोस्रो खेल २४ अक्टोबरमा उज्बेकिस्तानसँग खेल्नेछ।