काठमाडौं । आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेपालको पुररूष टीम १३औं स्थानमा यथावत् रहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज जारी गरेको नयाँ वरियताअनुसार नेपाल १३औं स्थानमै रहेको हो। नयाँ वरियताअनुसार नेपालको २१ खेलबाट १९० रेटिङ छ।
एशोसिएटतर्फ नेपाल यूएईभन्दा पछि छ। यूएई १२औं स्थानमा छ। टेष्ट राष्ट्र आयरल्याण्ड भने नेपालभन्दा पछाडि छ। आयरल्याण्ड १५औं स्थानमा छ।
अहिले यूएईमा टी–२० क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर भइरहेको छ। जहाँ यूएईसहित १४ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। तर, वरियतामा यूएई बाहेक १३ राष्ट्र नेपालभन्दा पछि छन्। यस पटक नेपालले ग्लोबल क्वालिफायरसम्म पुग्न सकेन।
टी –२० वरियतामा पाकिस्तान शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो, दक्षिणअफ्रिका तेस्रो, भारत चौथो र अष्ट्रेलिया पाँचौ स्थानमा छ।