रियल र बार्सिलोनाबीचको एल क्लासीको अब १८ डिसेम्बरमा हुने

काठमाडौं। स्पानिस ला लिगाअन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीच चर्चित एल क्लासीको खेल अब १८ डिसेम्बरमा हुने भएको छ।

यसअघि २६ अक्टोबरका लागि बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा तय भएको खेल क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै स्पानिस फुटबल फेडेरेसनले स्थगित गरेको थियो।

फेडेरेसनले उक्त खेललाई रियलको मैदान सान्टियागो वर्नावेउयमा सार्ने प्रयास गरे पनि दुवै क्लबले स्वीकार गरेको थिएन, जसले गर्दा खेल स्थगित गर्ने निर्णय भएको थियो।

अब उक्त खेल १८ डिसेम्बरमा हुने भएको हो।

स्पानिस ला लिगामा यस सिजन ९ खेलपछि बार्सिलोना १९ अंकसहित शीर्ष स्थानमा छ।

समान खेलबाट १८ अंकसहित रियल दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्