काठमाडौं। सौरभ गांगुली आधिकारिक रुपमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष नियुक्त भएका छन्।
मुम्बईमा आज बसेको बोर्डको बैठकबाट भारतीय टिमका पूर्व कप्तान गांगुली अध्यक्ष बनेका हुन्।
“यो आधिकारिक हो, गांगुली बीसीसिआईको नयाँ अध्यक्ष बनेका छन्।” बीसीसीआईको आधिरिकारिक ट्वीटमा उल्लेख छ।
उनी ६५ वर्षपछि अध्यक्ष बन्ने पहिलो पूर्व क्रिकेटर बनेका छन्। ४७ वर्षीय गांगुलीले आगामी ९ महिनाको लागि बीसीसीआईको नेतृत्व पाएपछि बीसीसीआईमा ‘सुप्रिम कोर्ट अपोइन्टेड कमिटी अफ एडमिनिस्ट्रेसन (सीओए)’ को ३३ महिने अधिपत्यको समेत अन्त्य भएको छ।
गांगुली बीसीसीआईको २९औं अध्यक्ष बनेका हुन्। गत साता नै गांगुली अध्यक्ष बन्ने पक्का भएको थियो। अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका थिए।
यस्तै उत्तराखण्डका महिम वर्मा उपाध्यक्ष बनेका छन् भने केरलाका जयस जर्ज महासचिव बनेका छन्। बीसीसीआईका पूर्वअध्यक्ष अनुराग ठाकुरका भाई अरुण धुमाल कोषाध्यक्ष बनेका छन्।
गांगुलीसहितको अन्य ४ जनाले बीसीसीआईमा अब सीओएका ३ जनाको स्थान लिनेछन्।
विनोद राई, दिएना एडुलजी र रिटायर्ड लेफ्टिनेन्ट जेनेरल रवी तोड्जेको टिमले ३३ महिना बीसीसीआई सञ्चालन गरेका थिए।