नेपाली राष्ट्रिय टीमको कप्तान समेत रहेकी रुविनाले पहिलो खेलमा चितवनसँग हारेपनि त्यसपछि टीमले कसरी राम्रो खेल्न सकिन्छ भनेर गरेको मेहेनतले नै फाइनल पुर्याएको बताइन्। “पहिलो खेल चितवनसँग हारेपछि त्यसपछिको चार खेलमा हामीले कसरी राम्रो खेल्न सकिन्छ भनेर तयारी गरेका थियौँ।” रुविनाले भनिन्।
“फाइनलको लागि हामी योजना बनाइरहेका छौँ, हाम्रो टीमले राम्रो क्रिकेट कसरी खेल्न सक्छ भन्नेमै केन्दीत छौँ।” रुविनाले भनिन्, “दुवै राम्रो टीम छ। फाइनल प्रतिस्पर्धात्मक हुन्छ।”
यस्तै लिगमा अपराजित रहेको चितवनकी कप्तान इन्दु बर्माले फाइनलका लागि उत्साही रहेको बताइन्। “चारवटै खेल जितेर फाइनल पुगेका छौँ। त्यसैले एकदमै उत्साहित छौँ।” उनले लिग चरणको प्रदर्शनलाई नै फाइनलमा निरन्तरता दिने बताइन्। “भोली फाइनल भएकोले अहिलेसम्म जसरी खेलेर आएका छौं, त्यसैलाई नै निरन्तरता दिनेछौँ।”
लिगको उद्घाटन खेलमै काठमाडौंलाई ५ विकेटले पराजित गरेको चितवनले त्यसपछि ललितपुर फाल्कन्सलाई ८९ रनले पराजित गरेको थियो। तेस्रो खेलमा पोखरा पल्टनलाई ७ विकेटले हराउँदा चौथो खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गरेको थियो।
लिग चरणमा सबै चार खेल सहजै जितेकोले पनि चितवनको आत्मविश्वास स्वभाविक हो। “चारवटै खेल जितेको भएकोले हाम्रो कन्फिडेन्स उच्च नै छ। जितेर नै जानेछौँ।” चितवनकी कप्तान इन्दुले भनिन्, “पछिल्लो चार खेल जितेपछि टीमको कन्फिडेन्ट बढेको छ।”
उता काठमाडौंले पनि चितवसँगको पराजयपछि लिगको तीन र एलिमेनेटरको एक गरी चार खेल लगातार जितेको छ। कप्तान रुवीनाले उत्कृष्ट ब्याटिङ गरिरहेकी छिन्। काठमाडौंले दोस्रो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको थियो। त्यसपछि लिग चरणमा विराटनगर टाइटन्सविरुद्ध ५२ रन र ललितपुर फाल्कन्सविरुद्ध ८ विकेटको सहज जित हात पार्दै लिगमा काठमाडौंले दोस्रो स्थान हात पारेको थियो।
फाइनल पुग्नका लागि दोस्रो र तेस्रो स्थानको टीमबीच एलिमिनेटर खेल भएको थियो। जसमा काठमाडौंले तेस्रो भएको विराटनगर टाइटन्सलाई ९ विकेटले सहजै हरायो।
पहिलो खेलमा एक रनमै आउट भएपनि रुविनाले त्यसयता यता लगातार उत्कृष्ट ब्याटिङ गरिरहेकी छिन्। पोखराविरुद्ध नटआउट ८३ रन बनाउँदै अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी रुविनाले सबै खेलमा फिनिसरको भूमिका समेत निभाएकी छिन्। उनले दुई अर्धशतक समेत प्रहार गरेकी छिन्। रुविनाले लिगमा विराटनगरविरुद्ध ३५ र ललितपुरविरुद्ध नटआउट ५९ रन बनाइन्।
यस्तै विराटनगरविरुद्धकै एलिमिनेटरमा उनले नटआउट ३४ रन जोडिन। उक्त खेलमा रुविनाले बलिङमा समेत शानदार प्रदर्शन गर्दै ४ ओभरमा ४ रन खर्चेर ४ विकेट लिइन्।
रुविनाले टीमको कप्तानी गर्दा दायित्व धेरै हुने र नयाँ खेलाडीहरुले राम्रो खेलोस् भन्ने आफ्नो चाहना रहेको बताइन्। “देशकै कप्तान भएकोले पनि यो टुर्नामेन्टमा उदाहरण सेट गर्नुपर्ने थियो।” रुविनाले भनिन्। “त्यसैले पनि म मा उत्तरदायित्व छ। तर अन्य खेलाडीहरुले पनि रेसपोन्सबिलिटी लिओस् भन्नेछ। म पर्खिरहेको छु कहिले प्रदर्शन गर्छन् भनेर।”
सँधै एउटै खेलाडीले भन्दा पनि सबै खेलाडीले राम्रो प्रदर्शन गरे आफू सन्तुष्ट हुने रुविनाले बताइन्। “हरेक दिन कुनै न कुनै खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्। त्यो फाइनलअघि राम्रो संकेत हो, अरु खेलाडी आए र राम्रो प्रदर्शन गरे म धेरै खुशी हुनेछु।” रुविनाले भनिन्। “फाइनलमा म राम्रो खेल्छु नै अरुले पनि राम्रो खेलोस् भन्ने अपेक्षा छ।”

उता राष्ट्रिय टीमका सदस्य रहेकी इन्दु भने आफ्नो प्रदर्शन मिश्रित रहेको बताउँछिन्। उनी पनि पहिलो खेलमा १ रनमै आउट भएकी थिइन्। “शुरुको २ खेलमा राम्रो प्रदर्शन दिन पाइन सन्तुष्ट छैन। त्यसपछिको खेलमा ओभरअल राम्रो भएको छ।”
पहिलो खेलमा इन्दु र काठमाडौंविरुद्ध १ रनमै आउट भएकी थिइन्। दोस्रो खेलमा ललितपुर फाल्कोन्सविरुद्ध १० रन बनाएकी इन्दुले तेस्रो खेलमा पोखराविरुद्ध २४ रन बनाइन्। अन्तिम लिग खेलमा भने इनुदु विराटनगरविरुद्ध १७ रनमा नटआउट हरिन्।
काठमाडौंकी कप्तान रुविनाले पहिलो पटक भइरहेको डब्लुसिएलको फाइनलअघि उत्साह र नर्भसनेस भएको बताइन्। उनले पहिलो पटक भएको लिगको च्यम्पियन हुन सबैलाई इच्छा हुने बताइन्। “अलीकती नर्भस नि छ फस्ट टाइम भएकोले सबैलाई च्याम्पियन हुन मन लाग्छ। ट्रफी उचाल्न पायो भने त्यो धेरै खुशीको क्षण हुनेछ।”
डब्लुसिएलले सहयोग पुगेको छ
नेपाली क्रिकेटको विकासका लागि डब्लुसिएलले मद्दत पुगेको भन्दै रुविनाले भनिन्, “साग आउँदैछ, यो किसिमको उत्साह एकैपटक सागमा फेस गर्नुपर्ने भए गाह्रो हुन्थ्यो, अगाडि नै यो प्लाटफर्म अगाडि नै सेट भइसकेकोले सागमा धेरै सहयोग हुन्छ।"
यस्तै नयाँ पुराना सबै खेलाडीले डब्लुसिएलमा खेल्ने मौका पाइरहेकोले पनि फाइदा पुग्ने विश्वास उनको।
यस्तै इन्दु पनि यो लिगबाट महिला क्रिकेटमा सहयोग पुग्ने बताउँछिन्। “डब्लुसिएलले महिला क्रिकेट खेलको विकासमा धेरै फाइदा पुगेको छ।” इन्दुले भनिन्, “कतिपय लुकेको खेलाडी थिए, उनीहरुले देखिन र खेल्न पाएका छन्।”

पढ्नुहोस:
डब्लुसिएलकाे ट्रफि चन्द्रागिरीमा, दुवै कप्तानकाे लक्ष्य उपाधि जित्ने
" />नेपाली राष्ट्रिय टीमको कप्तान समेत रहेकी रुविनाले पहिलो खेलमा चितवनसँग हारेपनि त्यसपछि टीमले कसरी राम्रो खेल्न सकिन्छ भनेर गरेको मेहेनतले नै फाइनल पुर्याएको बताइन्। “पहिलो खेल चितवनसँग हारेपछि त्यसपछिको चार खेलमा हामीले कसरी राम्रो खेल्न सकिन्छ भनेर तयारी गरेका थियौँ।” रुविनाले भनिन्।

">