काठमाडौं। राष्ट्रिय क्रिकेट टिमकी कप्तान समेत रहेकी रुविना क्षेत्रीले कीर्तिमानी ब्याटिङ गर्दै नटआउट ८३ रन बनाएपछि क्याट क्वीन्स काठमाडौंले वुमन्स च्याम्पियन्स (डब्लुसिसएल) लिग टी २० क्रिकेटमा पहिलो जित हात पारेको छ।

२९ असोजमा भएको उद्घाटन खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमाडौंले लिगको दोस्रो दिन आज पोखरा पल्टनलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। पहिलो जितपछि काठमाडौंले दुई खेलबाट २ अंक जोडेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले रुविनाको शानदार ब्याटिङमा २० ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो। जवाफमा १५३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पोखरा काठमाडौंको बलिङ सामु टिक्न सकेन र १६.५ ओभरमा ७० रनमै अलआउट भयो।

टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको पोखरा पल्टनविरुद्धको खेलमा अलराउण्डर रुविनाले नटआउट ८३ रन बनाइन्। वान डाउनमा ब्याटिङ गर्न क्रिज पुगेका रुविनाले बाउण्ड्रीको वर्षा गर्दै अर्धशतक पूरा गरेकी हुन्। उनले ६७ बल खेल्दै १४ चौका र २ छक्का प्रहार गरिन्। रुविनाले ६८ रन बाउन्ड्रीबाट जोडेकी थिइन्। तेस्रो ओभरमा २२-२ हुँदा ब्याटिङ गर्न क्रिज पुगेकी रुविनाले तेस्रो विकेटका लागि रोमा थापासँग र छैटौँ विकेटका लागि इश्वरी विष्टसँग अर्धशतकिय साझेदारी समेत गरिन्।

रुविनाले रोमासँग मिलेर ६४ रन जोडिन् भने इश्वरीसँग नटबउट ६१ रनको साझेदारी गरिन्। रुविनालाई गतिलो साथ दिने क्रममा रोमाले १९ रन बनाउँदा इश्वरी १० रनमा नटआउट रहिन्। अघिल्लो दिन उत्कृष्ट शुरुवात दिलाएका ओपनरले आज भने राम्रो शुरुवात दिलाउन सकेनन्। रश्मी चौलागाईँ २ र शोभा आले १२ रन बनाएर आउट भए। यस्तै अप्सरी बेगम एक रनमा आउट हादा ममता थापाले खाता खोल्न सकिनन्।

पोखरा पल्टनका लागि अनुराधा चौधरीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिइन्। उच्च लक्ष्य पछ्याउने क्रममा पोखराले राम्रो शुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन। पहिलो विकेटका लागि कप्तान सीता राना मगर र रुवी पोदारले ५.३ ओभरमा ३१ रनको साझेदारी गरेका थिए। तर त्यसपछि भने निरन्तर विकेट गुमाउँदा पोखरा कम स्कोरमै अलआउट भयो। पोखराका लागि सीताले सर्वाधिक १७ रन बनाइन्। उनले १३ बल खेल्दै ३ चौका प्रहार गरिन्। तेस्रो नम्बरमा ब्याटिङ गरेकी विन्दु रावलले २९ बल खेल्दै १३ रन जोडिन्।

९ खेलाडीले दोहोरो अंक छुन नसकेको इनिङ्समा चार खेलाडी खाता नखोली आउट भएका थिए। काठमाडौंले मैदानमा उत्कृष्ट फिल्डिङ गर्दै पोखराको पाँच खेलाडीलाई रनआउट गरेको थियो। किफायती बलिङ गरेकी सरस्वती कुमारीले ३ ओभरमा ५ रन मात्र खर्चेर २ विकेट लिइन्। यस्तै लक्ष्मी साउदले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिइन्। यस्तै १.५ ओभर बलिङ गरेकी अप्सरी बेगमले ८ रन खर्चेर २ विकेट लिइन्।

आजै विराटनगर टाइटन्स र ललितपुर फाल्कन्सबीच पनि खेल हुँदैछ।

" /> काठमाडौं। राष्ट्रिय क्रिकेट टिमकी कप्तान समेत रहेकी रुविना क्षेत्रीले कीर्तिमानी ब्याटिङ गर्दै नटआउट ८३ रन बनाएपछि क्याट क्वीन्स काठमाडौंले वुमन्स च्याम्पियन्स (डब्लुसिसएल) लिग टी २० क्रिकेटमा पहिलो जित हात पारेको छ।

२९ असोजमा भएको उद्घाटन खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमाडौंले लिगको दोस्रो दिन आज पोखरा पल्टनलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। पहिलो जितपछि काठमाडौंले दुई खेलबाट २ अंक जोडेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले रुविनाको शानदार ब्याटिङमा २० ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो। जवाफमा १५३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पोखरा काठमाडौंको बलिङ सामु टिक्न सकेन र १६.५ ओभरमा ७० रनमै अलआउट भयो।

टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको पोखरा पल्टनविरुद्धको खेलमा अलराउण्डर रुविनाले नटआउट ८३ रन बनाइन्। वान डाउनमा ब्याटिङ गर्न क्रिज पुगेका रुविनाले बाउण्ड्रीको वर्षा गर्दै अर्धशतक पूरा गरेकी हुन्। उनले ६७ बल खेल्दै १४ चौका र २ छक्का प्रहार गरिन्। रुविनाले ६८ रन बाउन्ड्रीबाट जोडेकी थिइन्। तेस्रो ओभरमा २२-२ हुँदा ब्याटिङ गर्न क्रिज पुगेकी रुविनाले तेस्रो विकेटका लागि रोमा थापासँग र छैटौँ विकेटका लागि इश्वरी विष्टसँग अर्धशतकिय साझेदारी समेत गरिन्।

रुविनाले रोमासँग मिलेर ६४ रन जोडिन् भने इश्वरीसँग नटबउट ६१ रनको साझेदारी गरिन्। रुविनालाई गतिलो साथ दिने क्रममा रोमाले १९ रन बनाउँदा इश्वरी १० रनमा नटआउट रहिन्। अघिल्लो दिन उत्कृष्ट शुरुवात दिलाएका ओपनरले आज भने राम्रो शुरुवात दिलाउन सकेनन्। रश्मी चौलागाईँ २ र शोभा आले १२ रन बनाएर आउट भए। यस्तै अप्सरी बेगम एक रनमा आउट हादा ममता थापाले खाता खोल्न सकिनन्।

पोखरा पल्टनका लागि अनुराधा चौधरीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिइन्। उच्च लक्ष्य पछ्याउने क्रममा पोखराले राम्रो शुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन। पहिलो विकेटका लागि कप्तान सीता राना मगर र रुवी पोदारले ५.३ ओभरमा ३१ रनको साझेदारी गरेका थिए। तर त्यसपछि भने निरन्तर विकेट गुमाउँदा पोखरा कम स्कोरमै अलआउट भयो। पोखराका लागि सीताले सर्वाधिक १७ रन बनाइन्। उनले १३ बल खेल्दै ३ चौका प्रहार गरिन्। तेस्रो नम्बरमा ब्याटिङ गरेकी विन्दु रावलले २९ बल खेल्दै १३ रन जोडिन्।

९ खेलाडीले दोहोरो अंक छुन नसकेको इनिङ्समा चार खेलाडी खाता नखोली आउट भएका थिए। काठमाडौंले मैदानमा उत्कृष्ट फिल्डिङ गर्दै पोखराको पाँच खेलाडीलाई रनआउट गरेको थियो। किफायती बलिङ गरेकी सरस्वती कुमारीले ३ ओभरमा ५ रन मात्र खर्चेर २ विकेट लिइन्। यस्तै लक्ष्मी साउदले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिइन्। यस्तै १.५ ओभर बलिङ गरेकी अप्सरी बेगमले ८ रन खर्चेर २ विकेट लिइन्।

आजै विराटनगर टाइटन्स र ललितपुर फाल्कन्सबीच पनि खेल हुँदैछ।

"> डब्लुसिएल: रुविनाको कीर्तिमानी ब्याटिङमा काठमाडौंको जित : Dekhapadhi
डब्लुसिएल: रुविनाको कीर्तिमानी ब्याटिङमा काठमाडौंको जित

प्रतिक्रिया दिनुहोस्