क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने लागेको वुमन्स च्यम्पियन्स लिग (डब्लुसिएल) टी-२० क्रिकेट २९ असोजदेखि कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा शुरु हुँदैछ।
त्यसैको विजेताले पाउने ट्रफी सार्वजनिक कार्यक्रममा आज सहभागी टीमका मार्की खेलाडीले निकै उत्साहित भएको बताएका हुन्।
“निश्चय नै यो हाम्रो लागि निकै ठूलो अवसर हो, एउटा शुरुवात भएको छ,” राष्ट्रिय महिला टिमकी कप्तान तथा क्याट किन काठमाडौंकी मार्की खेलाडी रुविना क्षेत्रीले भनिन्।
यस्तै प्रतिस्पर्धी अन्य चार टीमका मार्की खेलाडीले पनि पहिलो पटक यस्तो लिग खेल्न पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिए। “हामीले १२ वर्ष क्रिकेट खेल्यौँ, महिलाको पनि फ्रेन्चाइज क्रिकेट शुरु हुन लागेको छ, खुशी लागेको छ” ललितपुर फाल्कनकी मार्की खेलाडी तथा नेपाली टीमकी पूर्वकप्तान नेरी थापाले भनिन्।
यस्तै पोखरा पल्टनकी मार्की खेलाडी सीता राना मगर, चितवन राइनोजकी मार्की खेलाडी इन्दु वर्मा र विराटनगर टाइटन्सकी मार्की खेलाडी सरिता मगरले पनि डब्लुसिएल खेल्न उत्साहित रहेको सुनाए।
लिगको उद्घाटन खेल २९ असोजमा रुविनाको काठमाडौंले इन्दुर वर्माको चितवन राइनोजसँग खेल्नेछ।
उद्घाटन खेलका लागि आफ्नो टोली तयार रहेको दुवै टीमका मार्की खेलाडीले बताए।
पहिलो पटक हुन लागेको लिगको विजेताले नगद सात लाख रूपैयाँ हात पार्नेछन्।
विजेताले पाउने ट्रफी आजै पाँच टीमका मार्की खेलाडीले सार्वजनिक गरेका छन्।
महिला क्रिकेटमा यो अहिलेमस्मकै ठूलो नगद पुरस्कार राशि हो।
" /> क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने लागेको वुमन्स च्यम्पियन्स लिग (डब्लुसिएल) टी-२० क्रिकेट २९ असोजदेखि कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा शुरु हुँदैछ।त्यसैको विजेताले पाउने ट्रफी सार्वजनिक कार्यक्रममा आज सहभागी टीमका मार्की खेलाडीले निकै उत्साहित भएको बताएका हुन्।

">