कप्तानबाट पारस खड्काको राजीनामा

नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा भएको भोलिपल्ट खड्काले राजीनामा घोषणा गरेका हुन्।

उनले निलम्बन फुकुवा हुँदा खुशी लागेको बताउँदै क्यानको नयाँ कमिटीलाई शुभकामना दिएका छन्।

पारसले सन् २००९ मा कप्तान विनोद दासलाई विस्थापित गर्दै कप्तान बनेका थिए। सामाजिक सञ्जाल फसबूकमा खड्काले लेखेका छन्,– ‘मलाई साथ दिने खेलाडी, परिवार, साथीभाइ सबैलाई धन्यवाद दिन चाहन्छु ।

केही दिनअघि मात्र देखापढीलाई दिएको अन्तर्वार्तामा कप्तान पारसले भनेका थिए– नेपाली क्रिकेट टीम हाँक्ने नयाँ कप्तानको खोजीमा छु ।

को बन्ला नयाँ कप्तान ?

पारसले कप्तानी छोडेपछि नयाँ कप्तान को बन्ला भन्ने प्रश्न आएको छ। सम्भवत: अब नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तान चयन गर्नेछ। पारसले यसअघि पनि बारम्बार क्यान निलम्बन फुकुवा भएपछि आफू कप्तान रहने/नरहने निश्चित नभएको प्रतिक्रिया दिँदै आएका थिए।

पारससँगै उमेर समूहमा खेलेका ज्ञानेन्द्र मल्ल एक दशकसम्म पारसको उपकप्तानको रुपमा थिए। पछिल्लो पटक नेपालले सिंगापुर र ओमान टुर गर्दा ज्ञानेन्द्र मल्ल टीममा थिएनन्।

त्यसैले नेपालको उप कप्तानमा दिपेन्द्र सिंह ऐरीलाई चयन गरिएको थियो। सिंगापुर जानुअघि पारसले दिपेन्द्र मात्र नभएर सबै खेलाडीलाई कप्तानकै रुपमा विकास गर्न चाहेको बताएका थिए।

उमेर समूहमा कप्तानी गर्दै नेपाललाई सफलता दिलाइसकेका दिपेन्द्रले घरेलु फ्रेन्चाइज् क्रिकेट लिगमा पनि कप्तानी गरिसकेका छन्। त्यसलै पनि उनलाई भावी कप्तानको रुपमा हेरिन थालेको छ। यस्तै घरेलु लिगमा कप्तानी गरेका सोमपाल कामीलाई पनि भविष्यको कप्तानको रुपमा हेरिएको छ।

पढ्नुहोस्:

अब नेपाली टिम हाँक्ने कप्तानको खोजीमा छु: पारस खड्का

नेपाली क्रिकेटमा अबको प्रश्नः पारसपछि को ?

प्रतिक्रिया दिनुहोस्