काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)माथिको निलम्बन फुकुवापछि नेपाली क्रिकेटको संस्थागत विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले झण्डै साढे ३ बर्षदेखिको क्यानमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेसँगै नेपाली क्रिकेट जगतमा उत्साह सञ्चार भएको छ ।
आइसीसीले क्यानलाइ सशर्त सदस्यकारुपमा पुनर्स्थापित गरेको जनाएको छ ।यद्यपी शर्तबारे आइसीसीले स्पष्ट भने पारिसकेको छैन । १३-१४ अक्टुबरमा दुबईमा बसेको बोर्ड बैठकले क्यानको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको आइसीसीको विज्ञप्तीमा उल्लेख छ ।
सरकारी हस्तक्षेप बढेको भन्दै २०७३ बैशाखमा आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । तर आइसीसीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट भने बञ्चित गरेको थिएन ।
आइसीसीले बनाएको स्वतन्त्र समितिले १०-११ असोजमा काठमाडौंमा गरेको केन्द्रीय विशेष साधारण सभाबाट चतुर बहादुर चन्दको नेतृत्वमा क्यानले पूर्णता पाएपछि निलम्बन फुकुवाको बाटो खुलेको थियो।
क्यानका अध्यक्ष चन्दले यसलाई स्वभाविक प्रकियाको रुपमा लिएका छन् र आइसीसीको निर्णयको स्वागत गरेका छन्। "यो सकारात्मक कदम हो। स्टेप बाई स्टेप सबै हुँदै जान्छ", चन्दले देखापढीसँग भने, "हामीले अपेक्षा गरेकै यही हो। सिधै नेपालको निलम्बन फुकुवाभन्दा पनि नेपाललाई सशर्त निलम्बन फुकुवा गर्ने कुरा यसअघि नै आइसकेको थियो। आइसीसीका इमरान ख्वाजा र अन्य प्रतिनिधिले बोर्डमा राखेकै कुराहरु हुने हो।"
निलम्बन फुकुवा भएपछि क्यानको योजनाबारे चन्दले भने, "रोकिएको काम सबै गर्नुपर्छ। अब हामीले योजना बनाएर फण्ड (आर्थिक सहयोग) अनुमोदनका लागि आइसीसीमा पठाउने हो पहिलो चरणमा।"
आइसीसीले तोकेको शर्त के हो भन्नेबारे आधिकारीक जानकारी नआएपनि आर्थिक पारदर्शिता र प्रशासनिक विषय नै मुख्य रहेको चन्दले बताए । "कन्डिसन (शर्त) के हो तोकेको छैन । एडमिनिस्ट्रेसन स्टाफ (प्रशासनिक कर्मचारी) र फाइनान्सिएल ट्रान्सपरेन्ट (आर्थिक पारदर्शिता) थिएन भन्ने थियो। फण्ड दुरुपयोग भयो भन्ने थियो। अब एमडी वा जिएम अनी फाइनान्सिएल स्टाफ राख्नुपर्छ भन्ने हो", चन्दले भने, "अब आइसीसीसँग निकट रहेर ६ महिनाको संक्रमणकालिन योजना बनाएर काम गर्ने भन्ने हुन सक्छ। आइसीसीले एकैपटक फण्ड दिएर हामीले यहाँ योजना बनाउने भन्दा हामीले योजना बनाएर आइसीसीबाट फण्ड अप्रुभ गराउने हो भन्ने मेरो बुझाई छ।"
क्यान निलम्बनयता नेपालले मैदानभित्र सफलता हात पारेपनि मैदान बाहिरको अवस्था भने नाजुक नै थियो। मुलपानीमा रहेको क्यानको अफिस समेत अहिले भद्रगोल अवस्थामा छ।
"अहिले हाम्रो अफिस सेटअप छैन। क्यानले काम शुरु गरेको छैन। अब अफिसियल्ली एउटा मिटिङ राखेर हामी सबै विषयमा काम गर्न शुरु गर्छौं।", चन्दले भने ।
क्यानलाई चलायमान बनाउन आवश्यक ९५ प्रतिशत काम सकिएको बताउँदै चन्दले अगाडि भने, "काम गर्ने वातावरण बन्यो । ९५ प्रतिशत बाटो खुलिसक्यो। ५ प्रतिशत चाँही आइसीसीले विश्वास बनाउनका लागि आफ्नो हातमा राखेको हो।"

के हो आइसीसीको शर्त ?, चन्द भन्छन्–९५ प्रतिशत काम पूरा : Dekhapadhi
के हो आइसीसीको शर्त ?, चन्द भन्छन्–९५ प्रतिशत काम पूरा