विश्‍वकप छनोटः नेपाल आज जोर्डनसँग खेल्दै
काठमाडौं। फिफा विश्वकप कतार-२०२२ र एएफसी एसियन कप चीन-२०२३ को संयुक्त छनोट अन्तर्गत चौथो खेल खेल्न नेपाली टोली जोर्डन पुगेको छ।

२७ असोजको प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक कलिनले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योहान कलिनले जोर्डन बलियो टिम भएकोले नेपालका लागि खेल कडा हुने बताएका छन्।

"जोर्डनका केही खेलाडी फरक खालका छन्, हामी आफ्नो राम्रो खेल खेल्नेछौँ" प्रशिक्षक कलिनले भने।

छनोटको समूह बी मा रहेका नेपालले आज राती नेपाली समय अनुसार ९:४५ बजे जोर्डनसंग अम्मान इन्टरनेशनल स्टेडियममा खेल्दैछ।

समूहमा नेपालको यो अन्तिम 'अवे' खेल हो। यसअघि भएको ३ मध्ये नेपालले १ खेल मात्र जितेको थियो। पहिलो खेलमै कुवेतसँग ७-० ले हारेको नेपालले त्यसको ५ दिनपछि नै पुनरागमन गर्दै चाईनिज ताइपेईलाई २-० ले हराएको थियो।

यस्तै २३ असोजमा भएको खेलमा नेपाल बलियो टोली अष्ट्रेलियासँग ५-० ले पराजित भएको थियो। पाँच टिम रहेको समूहमा नेपाल ३खेलबाट ३ अंकसहित अंकतालिकामा चौथो स्थानमा छ।
नेपालले ८ वर्षपछि जोर्डनसंग खेल्न लागेको हो। २०१४ को विश्वकप छनोटको लागि २०११ मा भएको दुई लेगको खेलमा नेपाल समग्रमा १०-० ले पराजित भएको थियो।

जोर्डनमा भएको पहिलो लेगमा नेपाल ९-० ले पराजित भएको थियो। दशरथ रंगशालामा १-१ को बराबरी खेलको थिषो। उक्त खेल खेलेका तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठ मात्र अहिले टिममा छन्।

जोर्डन भर्सेस नेपाल
मिति : २८ असोज २०७६
स्थान : अम्मान इन्टरनेशनल स्टेडियम अम्मान
समय : राति ९:४५ बजे (नेपाली समयअनुसार)

हेड टु हेड : २
जोर्डन विजयी : १
बराबरी : १

प्रतिक्रिया दिनुहोस्