रोनाल्डोको ७०० औं गोल पूरा, पोर्चुगल भने पराजित

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले देश र क्लबका लागि ७०० औं गोल पूरा गर्दा पोर्चुगल भने पराजित भएको छ।

युरो २०२० को छनोट अन्तर्गत समूह चरणको खेलमा युक्रेन विरुद्ध १ गोल गरेपछि रोनाल्डोले उक्त उपलब्धी हासिल गरेका हुन् । यस्तो उपलब्धी हासिल गर्ने उनी छैटौं खेलाडी बने।

अहिले खेलिरहेका सक्रिय खेलाडिहरुमा आफ्नो खेल जीवनमा रोनाल्डोले मात्र यो सफलता हात पारेका हुन्।

तर, उनको टिम पार्चुगल भने युक्रेनसँग २-१ ले पराजित भएको छ।

पहिलो हाफमै २ गोलले पछि परेको पोर्चुगलका लागि रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा १ गोल फर्काएका हुन्।

यस जितपछि समूह बी मा युक्रेन ७ खेलबाट १९ अंक जोडदै छनोट भएको हो। ६ खेलबाट ११ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्