क्यानको निलम्बन सशर्त फुकुवा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को निलम्बनलाई सशर्त फुकुवा गरेको छ।

१३ अक्टोबर (२६ असोज)मा बसेको आईसीसीको बोर्ड बैठकले साढे तीन वर्षदेखि निलम्बित क्यानको निलम्बन शर्तका आधारमा फुकुवा गर्ने निर्णय गरेको हो ।

फुकुवाका लागि सर्त राखेको बताए पनि कस्ताे सर्त भन्नेबारे आइसीसीले केही उल्लेख गरेकाे छैन।

सरकारी हस्तक्षेप रहेको भन्दै आईसीसीले वैशाख २०७३ मा क्यानलाई निलम्बन गरेको थियो।

१० र ११ असोजमा काठमाडौंमा भएको क्यानको केन्द्रीय निर्वाचनपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गर्ने संकेत गरेको थियो।

आईसीसीले बनाएको पाँच सदस्यीय समितिले राष्ट्रिय खेलकुद परिषदको रोहबरमा गरेको निर्वाचनबाट चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

प्रतिक्रिया दिनुहोस्