ललितपुर फाल्कन्सको जर्सी सार्वजनिक

आज ललितपुरमा कार्यक्रम गर्दै फ्रेन्चाइज्डले खेलाडीको जर्सीका साथै प्रायोजकहरूको घोषणा समेत गरेको हो।

यस्तै ट्यालेन्ट हन्टबाट आरती उपाध्याय र मनिषा चौधरी छनोट भएको जनाएको छ।

२९ असोजबाट हुने लिगमा ललितपुरले रातो रङको जर्सी लगाएर खेल्नेछ।

टीम मालिक श्रृजना जोशी, प्रशिक्षक राजु बस्नेत र मार्की खेलाडी तथा कप्तान नेरी थापाले संयुक्तरूपमा जर्सी सार्वजनिक गरेका हुन्।

डब्लुसिएल २९ असोजदेखि ७ कात्तिकसम्म कीर्तिपुरस्तिथ टीयू क्रिकेट मैदानमा हुनेछ।

लिगमा ललितपुर फाल्कोन्ससँगै, पोखरा पल्टन, कीट क्याट काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

च्याम्पियनले नगद सात लाख र उपविजेताले तीन लाख रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्