वुमन्स च्याम्पियन्स लिग क्रिकेटको विजेताले सात लाख पाउने
आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले आज विज्ञप्ति जारी गर्दै च्याम्पियन टोलीले ट्रफीसहित नगद सात लाख रूपैयाँ पाउने जनाएको हो।

लिग यही २९ असोजदेखि काठमाडौंको कीर्तिपुरस्थित टीयू मैदानमा शुरु हुँदैछ।

पहिलो पटक नेपाली क्रिकेटको इतिहासमा महिलाको फ्रेन्चाइज्ड क्रिकेट लिग हुन लागेको हो।

यस्तै उपविजेता टोलीले नगद तीन लाख रूपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी प्रतियोगिताको उत्कृष्ट हुने खेलाडीले टिभिएसको १२५ सीसीको स्कुटर र नगद ५० हजार रूपैयाँ हात पार्नेछन्।

बेस्ट बलर र बेस्ट ब्याट्सवुमनले २५-२५ हजार प्राप्त गर्नेछन्।

प्रत्येक खेलको प्लेअर अफ दी म्याचले पाँच-पाँच हजार रूपैयाँ र ट्रफी पाउनेछन्।

लिगको विजेताले पाउने ट्रफी भोलि, २८ असाजमा एक कार्यक्रम गरी पाँच टीमको मार्की खेलाडीबीचको अनावरण गरिने क्वीन्स इभेन्ट्सका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।

डब्लुसिएलमाको पहिलो संस्करणमा विभिन्न पाँच फ्रेन्चाइज्ड टीमले प्रतिस्पर्धा गर्नेछन्।

२९ असोजदेखि ७ कात्तिकसम्म हुने लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, किट क्याट काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटन खेलमा क्याट क्वीन काठमाडौंले चितवन राइनोजसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्