काठमाडौं। सन् २०१४ मा घरेलु मैदान फिफा विश्वकपको उपाधि उचाल्ने ब्राजिलको सपना सेमिफाइनलमा जर्मनीले तुहाइदियो।

बेलोहोरिजेन्टेस्थित स्टाडिओ मिनेइरोमा भएको पहिलो सेमिफाइनलमा जर्मनीले ब्राजिललाई उसैको मैदानमा ७-१ ले हराइदियो।

सर्वाधिक पाँचपटकको विजेता ब्राजिलका लागि उक्त नतिजाले स्तब्ध बनायो। ब्राजिलियन फुटबलमा त्यो कालो दिन बन्यो।

उता जर्मनीले फाइनलमा ब्राजिलको छिमेकी अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै विश्वकप जित्यो।

यही विश्वकपका लागि नेपालले पनि छनोट खेलेको थियो। एशियाली क्षेत्रमा भएको उक्त छनोटमा नेपालले पहिलो चरणको प्लेअफ पार गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो।

दोस्रो चरणमा नेपालले मध्य एशियाली राष्ट्र जोर्डन प्रतिद्वन्द्वी पाएको थियो। २३ र २८ जुलाई, २०११ मा भएको दुई लेगकाे खेल नेपालले १०-१ ले गुमायो।

दुवै खेलको अवस्था भने फरक रह्यो। जोर्डनको मैदानमा भएको पहिलो लेगको खेलमा नेपालले ९ गोल खायो।

एक अर्थमा नेपालको लागि त्यो झड्का नै थियो। नेपालले मैदानमा सम्हालिने अवसर नै पाएन।

तर, त्यसको पाँच दिनपछि दशरथ रंगशालमा भएको दोस्रो लेगको कथा फरक बन्यो। वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका भरत खवासले नेपालको लागि गोल गर्दै खेल बराबरी गर्दै नेपालको हार टारे।

त्रिपुरेश्वरस्थित करिब २० हजार दर्शकको अगाडि नेपालले त्यही जोर्डनसँग १-१ को बराबरी खेल्यो।

खेलपछि तत्कालीन कप्तान सागर थापाले नेपाली माटोले पनि खेलाडीलाई चिनेको प्रतिक्रिया दिएका थिए।

जोर्डनविरुद्ध दुवै खेलमा गोलपोष्टको जिम्मेवारी सम्हालेका किरण चेम्जोङ अहिले दोहोरो भूमिकामा छन्।

नेपालको नम्बर वान गोलकिपर किरण अहिले टोलीको कप्तानीसमेत गरिरहेका छन्।

आठ वर्षपछि नेपालले फिफा विश्वकप छनोटमै जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकप २०२२ र एएफसी एशिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत समूह बी को चौथो खेलमा नेपालले २८ असोजमा जोर्डनसँग उसैको मैदानमा खेल्दैछ।

अष्ट्रेलियासँग खेलेर नेपाली टोली उतैबाट जोर्डन पुगिसकेको छ।

पाँच टोली सम्मलित समूह बी मा नेपालको यो चौथो अर्थात् अन्तिम 'अवे' खेलसमेत हो।

यसअघिको तीन खेल 'अवे' मैदानमा खेलेको नेपालले एकमा जित र दुईमा हारको नतिजा आत्मसात् गरेको छ।

कुवेतसँग पहिलो खेलमा ७-० ले स्तब्ध भएको नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दै पहिलो ३ अंक जोडेको थियो।

२३ असोजमा क्यानेरामा भएको तेस्रो खेलमा नेपाल बलियो टोली अष्ट्रेलियासँग ५-० ले पराजित भयो।

नेपालले तीन खेलमा जम्मा २ गोल गर्दा १२ गोल बेहोरिसकेको छ।

अंक तालिकामा अपराजित अष्ट्रेलिया २ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ।

३ खेलबाट समान ४ अंक जाेडेको कुवेत र जोर्डन क्रमश: दोस्रो र तेस्रो स्थानमा छ।

३ खेलबाट उति नै अंक जोडेको नेपाल चौथो स्थानमा छ। ताइपेई भने अंकविहीन हुँदै अन्तिम स्थानमा छ।

जोर्डनसँग ८ वर्षपछि भिड्न लागेको नेपाल अंक खोस्ने दाउमा छ।

स्वीडिस प्रशिक्षक योहान कलिनले नेपालको प्रशिक्षण जिम्मेवारी सम्हालेपछि नेपालले खेल्ने शैलीमा समेत केही परिवर्तन आएको छ।

२०११ मा खेलेको टीम र अहिलेको टीममा समेत निकै फेरबदल भइसकेको छ।

त्यसबेला टीममा रहेका २३ मध्ये ३ खेलाडी मात्र अहिले राष्ट्रिय टीममा छन्।

२८ जुलाई २०११ मा जोर्डनविरुद्ध पहिलो रोजाइमा खेलेका किरणसँगै रोहित चन्द र वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका सुजल श्रेष्ठ मात्र अहिलेको टीममा छन्।

अधिकांश खेलाडी युवा छन्।

उता २०१४ को विश्वकपको लागि जोर्डन अन्तिम चरणको प्लेअफसम्म पुगेको थियो। एशिया र दक्षिण अमेरिकी महादेशबीचको प्लेअफमा जोर्डन उरुग्वेसँग समग्रमा ५-० ले पराजित भएको थियो।

घरेलु मैदानमा भएको पहिलो लेगमै ५ गोल खाएको जोर्डनले दोस्रो लेगमा भने उरुग्वेलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो।

नेपालको जस्तै जोर्डनको टीममा पनि धेरै परिवर्तन आइसकेको छ। त्यतिबेला खेलेका केही खेलाडी मात्र अहिलेको टीममा छन्।

२०११ मा जोर्डनमा नेपालले नमीठो हार बेहोरेको थियो।

त्यो हारको पीडा बिर्साउने र इतिहासलाई बदल्ने अवसरको रूपमा नेपालले त्यही अम्मान स्टेडियममा खेल्दैछ।

खेल १८ असाेज राति नेपाली समयअनुसार पौने १० बजे शुरु हुनेछ।

फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ संयुक्त छनोट

जोर्डन भर्सेस नेपाल
मिति : २८ असोज २०७६
स्थान : अम्मान इन्टरनेशनल स्टेडियम अम्मान
समय : राति ९:४५ बजे (नेपाली समयअनुसार)

हेड टु हेड :
जोर्डन विजयी :
बराबरी :

" /> काठमाडौं। सन् २०१४ मा घरेलु मैदान फिफा विश्वकपको उपाधि उचाल्ने ब्राजिलको सपना सेमिफाइनलमा जर्मनीले तुहाइदियो।

"> विश्वकप छनोट: जोर्डनविरुद्ध इतिहास बदल्ने अवसर: Dekhapadhi
विश्वकप छनोट: जोर्डनविरुद्ध इतिहास बदल्ने अवसर

हेड टु हेड : २
जोर्डन विजयी : १
बराबरी : १

प्रतिक्रिया दिनुहोस्