भारतीय टिमका पूर्व कप्तान गांगुली बीसीसीआईको अध्यक्ष बन्ने पक्का
काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को अध्यक्ष बन्ने भएका छन्।
कुनै ठूलै उथलपुथल नभएमा गांगुली आजै अध्यक्षमा निर्विरोध हुने सम्भवना छ। बीसीसीआईको अध्यक्ष लगायत मुख्य पदमा आजसम्म मात्र उम्मेदवारी दिने समयसीमा छ। गांगुलीले अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का छ।
पूर्व कप्तान गांगुलीले भारतका लागि ११३ टेष्ट, ३११ ओडिआई खेलेका छन्। ४७ वर्षीय गांगुली हाल क्रिकेट एसोसिएसन अफ बंगाल (सीएबी) को अध्यक्ष छन्।
यस्तै गुजरात क्रिकेट एसोसियसनका अध्यक्ष तथा भारतका गृहमन्त्री अमित साहका छोरा जय साह बीसीसीआईको सचिव बन्ने भएका छन्।
बीसीसीआईका पूर्व अध्यक्ष अनुराग ठाकुरका भाई अरुण धुमाल नयाँ कोषाध्यक्ष बन्ने भएका छन्। निर्वाचन २३ अक्टुबरमा हुनेछ।
प्रतिक्रिया दिनुहोस्