प्रशिक्षणका लागि थाइल्याण्ड जाँदै महिला भलिबल टोली
काठमाडौं। आगामी मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको वैदेशिक प्रशिक्षणको लागि नेपाली महिला भलिबल टोली २९ असोजमा थाइल्याण्ड जाने भएको छ।

नेपाल भलिबल संघ (एनभीए) ले महिला टोलीको बन्द प्रशिक्षण थाइल्याण्डमा हुने जानकारी दिएको हो। संघले २८ असोजमा बिदाइ गर्दैछ। वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप २२(२७ कात्तिकमा बंगलादेशमा आयोजना हुँदैछ।

यस्तै १३ औं साग १५-२५ मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघको समन्वयमा नेपालले करिब तीन साता थाइल्याण्डमा प्रशिक्षण गर्ने भएको हो। थाइल्याण्डमा रहँदा नेपाली टोलीको प्रशिक्षणको सबै व्यवस्था थाइल्याण्ड भलिबल संघले मिलाउनेछ।

अहिले नेपालमा प्रशिक्षणमा रहेका १८ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक सहित २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड जानेछ।

महिला टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले थाइल्याण्डमा प्रशिक्षण गर्न पाउनु ठूलो अवसर भएको बताएका छन्।

“त्यहाँ हामीले प्रशिक्षणका साथै ६र७ वटा मैत्रीपूर्ण खेल खेल्नेछौं। हाम्रो स्तरभन्दा माथिल्लो स्तर भएका टीमसँग हामीले खेल्नेछौं,” प्रशिक्षक भट्टले भने। “हाम्रो लागि यो ठूलो अवसर हो। अहिले भएका कमी कमजोरी सच्याउने अवसर पाउनेछौं।”

नेपाली टोलीले एभिसीको हेडक्वार्टर रहेको ठाउँ फिभ डेभलपमेन्ट सेन्टरमा प्रशिक्षण गर्नेछ। एसियामा रहेको ४ डेभलपमेन्ट सेन्टरमध्ये १ सेन्टर बैंककमा छ।

थाइल्याण्ड जाने नेपाली महिला भलिबल टोलीको नामावली:

१. प्रतिभा माली – प्रदेश ३            २. सलिना श्रेष्ठ – प्रदेश ३
३. आरती सुवेदी – प्रदेश ३           ४. अरुणा शाही – गण्डकी प्रदेश
५. पुनम चन्द – गण्डकी प्रदेश       ६. कमला पुन – पुलिस
७. शान्ति तामाङ – पुलिस             ८. उषा भण्डारी – पुलिस
९. रेश्मा भण्डारी – एपीएफ            १०. हिरा केसी – एपीएफ
११.उषा विष्ट – एपीएफ                  १२. सरस्वती चौधरी – एपीएफ
१३. जानकी भण्डारी – आर्मी          १४. लक्ष्मी पुन – आर्मी
१५. संगम महतो – आर्मी               १६. शान्ति थारु – आर्मी
१७. सुनिता खड्का – आर्मी            १८. निरुता ठगुन्ना
१९. जगदिश भट्ट – मुख्य प्रशिक्षक   २०. सलिना श्रेष्ठ – प्रशिक्षक
२१. भरत यादव– प्रशिक्षक             २२. रीता कोइराला – टिम व्यवस्थापक

प्रतिक्रिया दिनुहोस्